प्रेमनारायण आचार्य
वाङ्ला, अर्घाखाँची १ पुस । सन्धिखर्क नगरपालिका वार्ड नम्वर ५ को स्वास्थ्य चौकी भवन निर्माण गर्न नेकपाका नगर सचिव शिव अधिकारी र उहाँकी धर्म पत्नी तारा अधिकारीले ३ रोपनी जग्गा निशुल्क प्रदान गर्नु भएको छ ।
वडाको बिच भागमा पर्ने ३ रोपनी जग्गा स्वास्थ्य चौकीको भवन निर्माण गर्न जग्गादान गरी उक्त लालपुर्जा आज सन्धिखर्क नगरपाकिलाका नगर प्रमुख कमल प्रसाद भुसाललाई हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले वडाकोे बिच भागमा पर्ने जग्गा नगरपालिकाको स्वास्थ्य चौकी भवन बनाउन दिने नेकपाका नगर सचिव, उहाँकी श्रीमती तथा उहाँको सम्पुर्ण परिवारलाई धन्यवाद दिदै उज्वल भविश्यको कामना गर्नु भयो । नगर प्रमुख भुसालले सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण गरेर निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागि परेको बताउनु भयो । कार्यक्रम सनिधखर्क नगरपाकिलाका शाखा अधिकृत मञ्जु खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।