धातिवाङमा गाँउपालिका र बैंक नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि जनता खुसी (भिडियो सहित)
पौष २ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
धातिवाँङ, विहिवार ०२ पौस, अर्घाखाँची डटकम् (व्युरो रिपोर्ट) । पाणिनी गाँउपालिका वडा नं ६ धातिवाँङमा आज सामाजिक सुरक्षाभत्ता वितरण भएको छ ।
स्थानिय वैक सम्म पुग्न समेत नसक्ने अशक्त जेष्ठ नागरिक एवं अपाङ्गताभएका नागरिकलाई पाणिनी गाँउ पालिकाले सम्बन्धित वैकसँगको सहकार्यमानागरिककै घर दैलोमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अन्तर्गतआज पाणिनी गाँउ पालिका वडा नं ६ वडा कार्यलय र स्थानीय सुर्योदयआधारभूत विद्यालय सहित अति अशक्त हरुको घरमै पुगेर भत्ता वितरण कार्यसम्पन्न भएको छ ।
पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम,पाणिनी गाँउ पालिका वडा नं ६ वडाअध्यक्ष शुभ वहादुर सारु, ग्लोबल आईएमआई वैक पोखराथोक शाखा प्रवन्धकलील वहादुर सारु,पाणिनी गाँउ पालिका सामाजिक विकास शाखा अधिकृतकमल कान्त खनाल, कृषि शाखा प्रमुख मेघराज पौडेल, एमआईएस अपरेटरमाधव प्रसाद घिमिरे, ग्लोवल आईएमई वैक प्रतिनिधि अमर नारायण चौधरीकोप्रतक्ष्य उपस्थितमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
पाणिनी गाँउ पालिकामा सामाजिक सुरक्षा भत्तालाई वैकिंङ प्रणालीमा लगीसकेपछि पणेना,पोखराथोक,खिदिम,पटौटी,मैदान र धातिवाँङमा ग्लोबलआईएमई वैक र अड्गुरी तथा पालिमा एनआईसी वैक मार्फ़त सामाजिक सुरक्षाभत्ता वितरण गरिएको पाणिनी गाँउ पालिका सामाजिक विकास शाखा अधिकृतकमलकान्त खनालले वताउनु भएको छ । यसरी सवै वडामा सामाजिक सुरक्षाभत्ता वितरण कार्य गर्ने गरी योजना वनाईएको खनालले अर्घाखाँची डटकम् लाईजानकारी गराउनु भएको छ ।