अर्घाखाँचीडट्कम संवाददाता
धरमपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका सन्धिखर्क नगरपालिका वार्ड नं १० को वार्ड कार्यालय आईतबारदेखि खुल्ने भएको छ ।
कोरोना संक्रमित सन्धिखर्क नगरपालिका वार्ड नं १० का वडाअध्यक्ष लक्ष्मी नारायण चुदाली, सचिब धर्मराज भुसाल, स .कम्युटर अप्रेटर कृष्णा भुसाल लगायत सबैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आउने आईतवारबाट वार्ड कार्यालयका खुल्ने भएको हो । गत मसिर १८ गते विहीवारदेखि वार्ड कार्यालयका सबै सेवा बन्द थिए ।
वडाअध्यक्ष, सचिव लगायत ३ जनाको बिहीवार पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भने एक जनाको बाँकी छ ।
वडाअध्यक्ष लक्ष्मी नारायण चुदाली,सचिब धर्मराज भुसाल , स .कम्युटर अप्रेटर कृष्णा भुसालकाे गत मंसिर १७ गते पि .सि .आर परिक्षण गराउदा नतिजा पाेजेटिभ देखिएकाे थियो ।
वार्ड कार्यालयबाट संचालन हुँदै आइरहेका सबै प्रकारका सेवाहरू पुन: आईतबारबाट सुचारु हुने वडाअध्यक्ष चुदालीले अर्घाखाँचीडट्कमलाई जानकारी जानकारी दिनुभयो ।