सितापुरमा नेकपा अर्घाखाँचीको श्रद्धाञ्जली सभा सम्पन्न

झनक केसी 
सितापुर, अर्घाखाँची पौष ३ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 
गत मंसिर २७ गते ७५ बर्षको उमेरमा निधन भएका सितापुरका समाजसेवी शिक्षाप्रेमी अर्घाखाँची जिल्ला नेकपाका सल्लाहकार नेत्र प्रसाद घिमिरे निवासमा पुगेर दिवङगत प्रती श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवम नेकपा जिल्ला कमिटी अध्यक्ष चेत नारायण आचार्य , प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरे ,नेकपा सितगंगा नगरपालिका ,नेकपा  जिल्ला कमिटी सदस्य गोबर्धन थापा ,नेकपा वाड कमिटी अध्यक्ष लेख बहादुर गुरुङ्ग लगाएत राम प्रसाद अधिकारी, यादब घिमिरे,काशिनाथ क्षेत्री,यादब आले , अम्मर प्रसाद न्यौपाने,बिष्नु प्रसाद अधिकारी,बाबु राम क्षेत्री,खग बहादुर क्षेत्री,कमल न्यौपाने लगायतको उपस्तिथिमा शोक सभा भएको हो ।
शोक मन्तब्यमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले लामो समय सन्धिखर्क बसेर हाम्रो पार्टिको सल्लाहकारमा बसेर काम गर्नु भएको आदर्णिय गुमाउनु पर्दा पार्टीलाई ठूलो धक्का पुगेको बताउनु भयो ।

अन्य समाचारहरु