प्रेम नारायण आचार्य
मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदान नयाँगाउँमा गोरु काटेको आरोपमा एकजना प्रकाउ परेका छन् । स्थानिय बासीन्दाका अनुसार पुस १ गते गोरू काटेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा रहेका छन् ।
गोरु काटेको आरोपमा प्रक्राउ गरिएको र थप अनुसन्धान पछि घटनाको विस्तृत विवरण आउँने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउँनुभयो ।
५२ वर्षिय बाबुराम सार्की० नाम गरेका प्रकाउ परेका हुन । स्वयंम नेपालीले गोरू बाघले खाएर काटेको बाबुराम नेपालीले बताएपनि उक्त गोरू आफैले काटेको अनुमान स्थानियले गरेका छन् ।
काटेको गोरू अलिकति बारीमा गाडेको अवस्थामा र अलिकती सुकाएर राखेको मासु भेटिएको छ । स्थनिय घटनास्थलको अवलोकन गर्दा गोरू काटनका लागि उक्त व्यक्तिले बन्चरो, दाउ र हसियाको प्रयोग गरेको छ । प्रकाउ परेका व्यक्ति जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नियन्त्रणमा रहेका छन् ।