सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. १० धनचौरमा काठ चोरी तस्करी गरेको आरोपमा एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
धनचौरका राजु पाण्डेलाई बालुवा भित्र लुकाई छिपाई घर बनाउन राखेको चिरान काठ सहित प्रहरीले शुक्रबार प्रकाउ गरेको हो ।
पाण्डेलाई बालुवा भित्र लुकाई छिपाई घर बनाउन राखेको १५:२७ क्यु फिट १२ थान चिरान काठ सहित जिल्ला प्रहरी कार्याल अर्घाखाँची र डिभिजन बन कार्यालय अर्घाखाँचीबाट खटिएको गस्ति टोलीले प्रकाउ गरेको थियो ।
प्रकाउ परेका पाण्डे माथि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले अर्घाखाँचीडट्कमलाई बतायो ।
ठाडाको चाक्लामा पुर्ण काष्ठ आईरन काठ फर्निचर उद्योगबाट ठुलो मात्रामा अवैध सालको काठ बरामद
उता हिजो शितगंगा नगरपालिका वार्ड नं ४ ठाडाको चाक्ला स्थित पुर्ण काष्ठ आईरन काठ फर्निचर उद्योगबाट ठुलो मात्रमा अवैध सालको काठ प्रहरीले बरामद गरेको थियो ।
चाक्ला स्थित पुर्ण काष्ठ आईरन काठ फर्निचर उद्योगमा आज अपरान्ह ३:३० बजे प्रहरीले २५.८८ क्यू फिट साल जातको काठ बरामद गरेको थियो ।
प्रहरीले विशेष सुचनाको आधारमा खटि गई चेकजाँच गर्दा उक्त फर्निचरबाट १,००,०००।– (एक लाख ) बराबरको साल जातको काठ बरामद गरेको अर्घाखाँचीडट्कमलाई बतायो ।
काठ गर्न डिभिजन बन कार्यालय डोहोटेका स.ब.अ मरिच कुमार लामाको टोली र ईलाका प्रहरी कार्यालय ठाडाबाट प्र.ना.नि शालिक राम खनालको कमाण्डमा ५ जनाको संयुक्त टोली खटिएको थियो ।
काठ बरामद गरी सव डिभिजन वन कार्यालय डोहोटे अर्घाखाँचीमा बुझाईएको थियो । साथै उक्त काठ को-कसको हो भन्ने अनुसन्धान कार्य भई रहेको प्रहरीले बतएको थियो ।
सुवर्णखालको बर्रे पधेरामा प्रहरीद्धारा चिरान साल जातका काठ बरामद
यस्तै हिजो बुधवार सुवर्णखालको बर्रे पधेरा भन्ने स्थानमा प्रहरीले बेवारीसे अवस्थामा रहेका सालका काठ बरामद गरेको थियो ।
सुवर्णखालको बर्रे पधेरा भन्ने स्थानमा बुधवार अपरान्ह ३:३० बजे प्रहरीले बेवारीसे अवस्थामा ५८ पिस सालका चिरान काठ बरामद गरेको थियो ।
स्थानिय व्यक्तिहरुले टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीलाई खवर गरे पश्चात उक्त स्थानमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीबाट प्र.ना.नि. शालिकराम खनालको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई गई सव-डिभिजन बन कार्यालय डोहोटे अर्घाखाँचीलाई खबर गरी सव-डिभिजन कार्यालयबाट स.ब.अ. मरिच कुमार लामा समेतको कर्मचारी टोलीले उक्त काठ बरामद गरेको थियो ।
उक्त चिरान साल जातका काठहरु नापी गर्दा जम्मा ३४ क्यू .फिट भएको र चिरान साल काठको अं. मुल्य रु ५०,०००।-(पचास हजार) मुल्याङ्कन गरी उक्त चिरान सालका काठहरु जनप्रतिनिधि तथा स्थानिय व्यक्तिहरुको रोहवरमा सव डिभिजन बन कार्यालय डोहोटेले मुचुल्का गरी सो स्थानबाट उठाई जिम्मा लगेको प्रहरीले बताएको थियो ।
अर्घाखाँचीमा लामो समयदेखि काठ चोरी तस्करी बढेको छ ।