टोपबहादुर रायमाझी सम्भावित मन्त्री | रायमाझीसहित नेकपाका नेताहरु प्रधानमन्त्री ओलीसँग छलफलमा

काठमाडौँ- आकस्मिक रुपमा बालुवाटारमा सुरक्षा परिषद् बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक केही बेरका लागि थाती राखेर गृहमन्त्री रामबहादुर थापा बादलसहित नेकपाका नेताहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीसँगको छलफलमा  नेकपाका नेताहरु हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझीसमेत सहभागी छन्।
दाहाल-नेपाल पक्षका सात जना मन्त्रीहरुले राजीनामा दिएसँगै बालुवाटारमा प्रधानमन्त्रीले छलफलका लागि बोलाएका यी नेताहरुलाई सम्भावित मन्त्रीका दाबेदारका रुपमा समेत हेरिएको छ। देशसन्चारमा समाचार छ ।