प्रतिनिधिसभा औपचारिक रुपमै भंग | संसदको करिब तीन वर्षे कार्यकाल अन्त्य

काठमाडौँ-  प्रतिनिधिसभा विघटनको प्रक्रियाले ‌औपचारिकता प्राप्त गरेको छ।  संसद विघटनको राष्ट्रपति भण्डारीले पठाएको पत्र आइतबार साँझ ५ बजेर १० मिनेटमा संसद सचिवालयमा दर्ता भएको छ।
संसद सचिवालयमा संसद विघटनको पत्र दर्ता भएसँगै संसद विघटनले औपचारिक पाएको छ।
‘राष्ट्रपति कार्यालयको पत्र संसद सचिवालयमा दर्ता भएको छ, ‘ कार्य व्यवस्था परामर्श समितिका अधिकृत राजन घिमिरेले जानकारी दिए।
संसद विघटनको औपचारिकतासँगै संसदको करिब तीन वर्षे कार्यकाल अन्त्य भएको छ। देशसन्चारमा समाचार छ ।