टोपबहादुर रायमाझीले भने प्रचण्डले अनैतिक काम गरे, बालुवाटारमा ओलीनिकट बैठकमा सहभागी

नेकपा नेता टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अनैतिक काम गरेकाले उनको साथ छोडेको बताएका छन् ।
प्रचण्डको साथ छोड्दै बालुवाटारमा जारी ओली गुटको केन्द्रीय कमिटी बैठकमा पुगेका नेता रायमाझीले प्रचण्डले अनैतिक काम गरेकै कारण विश्वास गर्न नसककेकाले उनीसँग सहकार्य तोडिएको बताएका हुन् ।
उनले प्रधानमन्त्री एवं अध्यक्ष ओलीविरूद्ध प्रधानमन्त्री हुने लालचमा अविश्वास प्रस्ताव लगेर प्रचण्डले अनैतिक काम गरेको बताएका हुन् । उनी बालुवाटारमा ओलीनिकट केन्द्रीय कमिटी बैठकमा सहभागी थिए ।  
यस्तै नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएका छन् । मंगलबार बालुवाटारमा जारी ओलीनिकट केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।
त्यस्तै ओलीले अध्यक्ष ओलीले बैठकमा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए ।
अध्यक्ष ओलीले ५५६ जनालाई सोमबार नै मनोनयन गरेको र मंगलबारको बैठकमा अनुमोदनका लागि प्रस्ताव गरेको पनि थापाले जानकारी दिएका छन् ।
त्यस्तै केही बेरमा बबरमहलमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहनिकट केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । कान्तिपुरमा समाचार छ । 
कान्तिपुरमा र  बिभिन्न अन्लाईन समाचारहरुबाट