अर्घाखाँचीमा प्रचण्ड–नेपाल खेमाद्धारा आफुहरुको बहुमत रहेको दावी (दुबै पक्षका नेताहरुको विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपाको प्रचण्ड–नेपाल खेमाले आफुहरुको बहुमत रहेको दावी गरेका छन् ।  
जिल्लामा डा. दुमन थापा, पुर्व जिविस सभापति पिताम्बर भुसाल, बेदुराम भुसाल, डिलाराम आचार्य, डा. विजय पौडेल, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विक, शितगंगाका उपमेयर टीका रेश्मी, पिताम्बर सारू, जिवनारायण कोईराला,  , प्रेमनारायण गैरे, भेष बहादुर के.सी,  छमकुमारी खनाल लगायत नेकपाको प्रचण्ड–नेपाल खेमामा रहेका छन् । उनिहरुले आफुहरुको बहुमत रहेको दावी गरेका हुन् । 
“जिल्लामा टोप बहादुर रायमाझी, चन्द्रबहादुर खड्का लगायत ओली पक्षमा देखिएपनि ७५ प्रतिशत तत्कालिन माओवादीका नेता कार्यकर्ता प्रचण्ड– नेपाल पक्षमा रहेको  उनिहरुको छ ।”
यस्तै अखिलका जिल्ला अध्यक्ष लक्ष्मण खड्का लगायत पनि प्रचण्ड–नेपाल खेमामा रहेका छन् । 
उता रामबहादुर चौहान र भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापा यतिबेला मौन छन् । उनिले अहिले कुनै पक्षमा नरहेको उल्लेख गरेका छन् । तर उनी प्रचण्ड– नेपाल खेमामा आउने अनुमान गरिएको छ । यस्तै पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम यतिबेला मौन छिन् । उनी पनि प्रचण्ड–नेपाल खेमामा आउने एक नेताले दावी गरे ।   
यस्तै ओली समूहको केन्द्रीय सदस्यमा मनोनयन भएकी जाल्पा भुसाल प्रचण्ड– नेपाल खेमामा फर्कने बताइएको छ ।  प्रचण्ड– नेपालका एक नेताले बताए अनुसार भुसालको नाम फिर्ता हुने दावी गरे । 
उता खेमाका नेता प्रेम नारायण गैरेले अर्घाखाँचीडट्कमलाई भने;। “पूर्ब एमाले जिल्ला अध्यक्ष बाहेक उपाध्यक्ष, सचीव, उपसचिव सबै हामी सस्थापन लाइनमै छौ, पूर्ब माओवादी जिल्ला सम्योजक सहसम्योजक सबै सस्थापन लाइन मै हुनुहुन्छ, उहाहरुको पक्षमा कति रहेछन भन्ने त सामाजिक संजालमा आएको बिरोधबाट नै देखिन्छ ।”
ओली खेमामा
उता टोप बहादुर रायमाझी सहित चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी लगायतका नेताहरु ओली खेमामा रहेका छन्।
उता हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका अर्घाखाँचीका ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
ओलीको अध्यक्षतामा बसेको उनको समूहको केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा अर्घाखाँचीबाट ८ जना केन्द्रीय सदस्य थपिएका हुन्।
थपिएका केन्द्रीय सदस्यमा चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका छन्।
ओलीले मंगलबार बालुवाटारमा आफ्नो गुटको केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी ११९९ सदस्यमा विस्तार गरेका छन्। यसअघि नेकपा केन्द्रीय कमिटी ४४७ जनाको थियो।