अर्घाखाँचीमा प्रचण्ड–नेपाल खेमाले मदन आश्रित स्मृति भबन पार्टी कार्यालय नछोड्ने

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपाको प्रचण्ड–नेपाल खेमाले मदन आश्रित स्मृति भबन पार्टी कार्यालय नछोड्ने भएको छ । 
प्रचण्ड–नेपाल खेमाले आफुहरु संस्थापन पक्ष भएकोले मदन आश्रित स्मृति भबन पार्टी कार्यालय नछोड्ने बताएको हो ।
प्रचण्ड–नेपाल खेमा पक्षका नेता प्रेमनारायण गैरेले अर्घाखाँचीडट्कमलाई भने; “हामी संस्थापन पक्ष हो, पार्टी कार्यालय स्वत संस्थापन पक्षको हुन्छ, हामीलाई ताला लाउन जरुरी छैन् ।”
यस्तै गैरेले  भने;। “पूर्ब एमाले जिल्ला अध्यक्ष बाहेक उपाध्यक्ष, सचीव, उपसचिव सबै हामी सस्थापन लाइनमै छौ, पूर्ब माओवादी जिल्ला सम्योजक सहसम्योजक सबै संस्थापन लाइन मै हुनुहुन्छ, उहाहरुको पक्षमा कति रहेछन भन्ने त सामाजिक संजालमा आएको बिरोधबाट नै देखिन्छ ।”
तर ओली पक्षका नेताहरुले भने जिल्ला कमिटी अध्यक्ष लगायत बहुमत नै ओली खेमामा भएकोले पार्टी कार्यालय स्वत हाम्रो हुन्छ । “ताला सबै हाम्रो हातमा छ । हामी संस्थापन पक्ष हो । “
 आफुहरुको बहुमत रहेको प्रचण्ड–नेपाल खेमाको दावी
यस्तै जिल्लामा नेकपाको प्रचण्ड–नेपाल खेमाले आफुहरुको बहुमत रहेको दावी गरेका छन् ।  
जिल्लामा डा. दुमन थापा, पुर्व जिविस सभापति पिताम्बर भुसाल, बेदुराम भुसाल, डिलाराम आचार्य, डा. विजय पौडेल, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विक, शितगंगाका उपमेयर टीका रेश्मी, पिताम्बर सारू, जिवनारायण कोईराला, रामबहादुर चौहान, प्रेमनारायण गैरे, भेष बहादुर के.सी,  छमकुमारी खनाल लगायत नेकपाको प्रचण्ड–नेपाल खेमामा रहेका छन् । उनिहरुले आफुहरुको बहुमत रहेको दावी गरेका हुन् । 
“जिल्लामा टोप बहादुर रायमाझी, चन्द्रबहादुर खड्का लगायत ओली पक्षमा देखिएपनि ७५ प्रतिशत तत्कालिन माओवादीका नेता कार्यकर्ता प्रचण्ड– नेपाल पक्षमा रहेको  उनिहरुको छ ।”
यस्तै अखिलका जिल्ला अध्यक्ष लक्ष्मण खड्का लगायत पनि प्रचण्ड–नेपाल खेमामा रहेका छन् । 
उता भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापा यतिबेला मौन छन् । उनिले अहिले कुनै पक्षमा नरहेको उल्लेख गरेका छन् । तर उनी प्रचण्ड– नेपाल खेमामा आउने अनुमान गरिएको छ । यस्तै पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम यतिबेला मौन छिन् । उनी पनि प्रचण्ड–नेपाल खेमामा आउने एक नेताले दावी गरे ।   
यस्तै ओली समूहको केन्द्रीय सदस्यमा मनोनयन भएकी जाल्पा भुसाल प्रचण्ड– नेपाल खेमामा फर्कने बताइएको छ ।  प्रचण्ड– नेपालका एक नेताले बताए अनुसार भुसालको नाम फिर्ता हुने दावी गरे । 
ओली खेमामा
उता टोप बहादुर रायमाझी सहित चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी लगायतका नेताहरु ओली खेमामा रहेका छन्।
उता हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका अर्घाखाँचीका ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
ओलीको अध्यक्षतामा बसेको उनको समूहको केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा अर्घाखाँचीबाट ८ जना केन्द्रीय सदस्य थपिएका हुन्।
थपिएका केन्द्रीय सदस्यमा चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका छन्।
ओलीले मंगलबार बालुवाटारमा आफ्नो गुटको केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी ११९९ सदस्यमा विस्तार गरेका छन्। यसअघि नेकपा केन्द्रीय कमिटी ४४७ जनाको थियो।