प्रचण्ड–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटायो, प्रचण्डलाई बनायो संसदीय दलको नेता

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ। भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता  चुनेको छ।  
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो।
नेता माधव नेपालको प्रस्ताव बैठकमा सामेल प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले तालीले अनुमोदन गरेका हुन्।
मंगलबार बसेको दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई नेकपाको अध्यक्षबाट पनि हटाएको थियो। 
मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको एक सांसदले जानकारी दिए।
यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए। देशसन्चार र सेतोपाटीबाट