हरि कुँवर अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीले सरकार विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिनिधिसभा विघटन तथा असंवैधानिक कदम प्रती समाजावादी पार्टी जिल्ला समन्वय समिती अर्घाखाँचीले केपी सरकार विरुद्ध सन्धिखर्कमा विरोध कार्यक्रम सम्पन्न गरेको हो ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य भक्तिप्रसाद आचार्य (राजु नेपाली) ले विरोध कार्यक्रममा बोल्दै केपी सरकार ले संसद विघटन गरेर सर्वसत्तावादी सोचको साथ देशमा तानाशाह बन्न खोजेको आरोप लगाएका थिए ।
विरोध कार्यक्रममा जसपा प्रदेश सचीव टोपबहादुर बलाल, प्रदेश सदस्य पुकरनाथ आचार्य, जिल्ला इन्चार्ज नेत्र थापा मगर, जिल्ला अध्यक्ष जिन्दक खडका, लगातयत कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समिति सचीव जे.वी दर्लामीको संचालन रहेको थियो ।
प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजावादी पार्टीले आज देश भर विरोध प्रदर्शन गरेको छ।