प्रचण्डले विधि र पद्धतीका कुरा गर्न सुहाउँदैन्: टोपबहादुर रायमाझी

काठमाडौं  । नेपाल कम्युनिष्ट पाटी (नेकपा) तथा अर्घाखाँचीका नेता  टोपबहादुर रायमाझीले प्रचण्डले विधि र पद्धतीका कुरा गर्न नसुहाउने बताएका छन ।
काठमान्डौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै  प्रचण्डलाई ३० वर्ष भोगेको र प्रचण्ड कतै निर्वाचित नै नभई अध्यक्ष भईरहनुभएको बताएका छन । प्रचण्ड लाई आफुले भन्दा धेरै कसैले नबुझेको बताएका छन । 
प्रचण्ड ले सचिवालयमा छलफल नै नगरी प्रचण्डले एक्लै निर्णय गरेर ओलीलाई ५ वर्ष प्रधानमन्त्री चलाउन दिने र आफुले पाटी चलाउने निर्णय गराउनुभएको तर अहिले  विधि र पद्धतीका कुरा गर्न नसुहाउने बताएका हुन ।
नेकपाकै नेताहरुले प्रधानमन्त्रीको हातखुट्टा बांध्ने काम गरेपछि संसद विघटन गरिएको हो भन्नेमा दुई मत नभएको बताए ।  नेता रायमाझी ले आफ्न शुभ चिन्तकहरु लाई  सामाजिक संजालमा आएका भ्रमका पछाडि नलाग्न समेत अनुरोध गरेका हुन ।