प्रेमनारायण आचार्य
छत्रदेव, अर्घाखाँची ९ पुस । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवनको आज शिलान्यास गरिएको छ ।
न्यायीक ईजलास सहित निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको आज बैदिक बिधि पुर्बक पुजाआजा गरी छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शिलान्यास गर्नु भएको हो ।
छत्रदेव गाउँपालिका वडा नम्वर ५ छत्रगञ्जको खैरेनीमा निर्माण हुन थालेको प्रशासकीय भवनको शिलान्यस गर्दै अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका बनाउने गरी काम भैरहेको बताउनु भयो ।
५ करोड ३० लाख ४७ हजार ४ सय ९४ रुपैया ५६ पैसामा भवन निर्माण हुन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले जानकारी दिनुभयो । उक्त भवन निर्माण गर्ने ठेक्का शिवाको भुसाल बस्नेत जेभि काठमाण्डौले पाएको छ ।