झनक के.सी
अर्घाखाँची पौष १० । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा बित्तिय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सहजीकरण उद्यमशिलता ७ दिने तालिम आजबाट सुरु भएको छ।
कार्यक्रममा वैदेशिक रोजगारिबाट फर्किएको सस्था रिटर्नि माइग्रेन्ट नेपाल शाखा अर्घाखाँचीको पहलमा पहिलो चरणको तालिम आजबाट सुरुभएको छ। कार्यक्रममा अध्यक्ष शितगङ्गा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारिले गर्नु भएको थियो ।तेस्तै कार्यक्रमको विशेष अतिथी राष्टिय युवा परिषद उप-सचिब कमला ज्ञवालिले कार्यक्रममा बाेल्दै युवाहरु देशमै स्वराेजगार उद्धमी बनुन भन्ने उदेश्यले याे तालिम सञ्चालन गरिएकाेले सबै सहभागिलाइ शुभकामना समेत दिनु भयाे याे तालिम बिस्वकै एकसय नम्बरमा परिसकेको तालिम हो अनिबार्य लिनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा शितगङ्गा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेम के.सि.भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय वरिष्ठ कृषि अर्थ बिज्ञ टेक प्रसाद लुइँटेल, प्रशिक्षक अर्जुन भटराई, लगायत रास्टिय बाणिज्य बैंक शाखा ठाडा प्रमुख लगाएत ३० रिटर्नी युवाहरुको उपस्थितिमा तालिम उद्घाटन भएको थियो।
कार्यक्रम संचालक यसै पालिका शिक्षा शाखा प्रमुख तथा तालिम संयोजक नागेन्द्र नेपालले गर्नु भएको थियो।