पाणिनी गाउँपालिका लुम्विनी प्रदेशकै पशुजन्य उत्पादनमा उत्कृष्ट

कमला पोख्रेल अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) १० पुस ।  अर्घाखाँची जिल्लाको पाणिनी  गाउँपालिका लुम्विनी प्रदेश भित्र रहेका स्थानीय तह मध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट कार्य गरेको भन्दै  पुरस्कृत हुने भएको छ । 
नेपाल सरकार पशुसेवा विभागको स्थापना दिवसको अवसरमा पाणिनि गाउँपालिका अर्घाखाँचीले, लुम्विनि प्रदेश भित्रका अन्य पालिकामा भन्दा  पशुजन्य उत्पादनको कार्यमा उत्कृष्ट कार्यगरेको भन्दै पुरस्कृत हुन सफल भएको हो  । 
प्रदेश भित्र रहेका १ सय ९ वटा स्थानीय तह मध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा पाणिनि गाउँपालिकाले उत्कृष्ट कार्य गरेको भन्दै आफ्नो पालिकालाई पुरस्कृत गरेकोमा अध्यक्ष अच्युत गौतमले सबैलाई धन्यवाद दिनु भएको छ । उहाँले कृषि र पशुपालन विना आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले काम गरेको बताउनु भयो । 
पाणिनि गाउँपालिका दुध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यी बस्तु निर्यात गरिरहेको छ ।  केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनु पथ्र्याे यस वर्ष गाउँपालिकाले दुधमा प्रति लिटर पाँच रुपैया अनुदान दिने भएको छ । गत बर्ष दुधमा प्रति लिटर २ रुपैया ५५ पैसाका दरले अनुदान दिएको गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले बताउनु भयो । 
गाउँपालिकाले आर्थिक बर्ष २०७५।०७६ मा अस्ट्रेलियावाट २५ वटा शतप्रतिशत वोयर वाख्रा ल्याएको थियो । आफ्नो गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लगोको गाउँपालिका अध्यक्ष अच्युत गतौतमले बताए ।

अन्य समाचारहरु