काठमाडौँ– लेखक, कवि, कलाकारहरुका साथै विभिन्न क्षेत्रमा आवद्ध नागरिक अभियन्ताहरु सहभागी बृहत नागरिक आन्दोलनले संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ।
आन्दोलनमा सहभागीहरुले शनिबार राजधानीको माइतीघर मण्डलामा शंख फुकेर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा भएको संसद विघटन प्रतिगामी र गैरसंवैधानिक कदम भएको उनीहरुको भनाइ छ।
बृहत नागरिक आन्दोलनले सबै तह र तप्कामा रहेका सचेत नागरिकहरुलाई असंवैधानिक कदमको प्रतिवादमा उत्रिन आह्वान गरेको छ। देशसन्चारमा समाचार छ ।