खाँचीकोटको फुदवाङमा साना किसान कृषि सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची पौष ११ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा साना किसान कृषि सहकारी संस्था लि. को वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
 
खाँचीकोटको फुदवाङमा साना किसान कृषि सहकारी संस्था लि.को  १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । 
सभा अध्यक्ष लक्ष्मण कडेलको अध्यक्षता,सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आथित्यता,वडा नं.३ का अध्यक्ष लिलाराम गौतमको बिशिष्ट आथित्यता,संस्थाका उपाध्यक्ष पध्मलोचन आचार्यको स्वागत मन्तब्य तथा  प्रबन्धक बिष्णु प्रसाद मरासिनीको संचालनमा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष लक्ष्मण कडेल बाट संचालक समिति बाट प्रतिबेदन  , लेखा समितिको तर्फ बाट समितिका संयोजक बाबुराम आचार्यले लेखा प्रतिवेदन र प्रबन्धक बिष्णु प्रसाद मरासिनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सभामा प्रमुख अथिती तथा स.न.पा.का नगर प्रमुख कमल प्रसाद भुसालले संस्थाको सधारण सभा सफलताको शुभकामना मन्तब्य प्रकट गर्दै नगरपालिका संस्था लाई  सहयोग गर्न तयार रहेको बताउनु भएको थियो भने बिशिष्ट अतिथी लिलाराम गौतमले वडा यस अघि पनि संस्था संग सहकार्य गरी कुुखुराको चल्ला बितरण,गोठ सुधार तथा मौरीको घार बितरण जस्ता कार्य गरेको र अझ पनि सहकार्य गर्न तयार रहेको बताउदै संस्थाको  प्रगतीको कामना गर्नु भयो । 
त्यस्तै शेयर सदस्यको तर्फ बाट पुर्व लेखा समिति संयोजक समेत रहनु भएका राम बहादुर के.सि.ले विगतमा भन्दा यस पटकको साधारण सभा टोल स्तरमा सम्पन्न भएकोले शेयर सदस्यले संस्थागत गतिबिधि नजिक बाट बुझ्ने मौका पाएकोमा खुसि ब्यक्त गर्दै संस्थाको सफलताको शुभकामना ब्यक्त गर्नु भयो । त्यस्तै सहभागि महिला सदस्यको तर्फ बाट सरिता पुरीले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सभामा संस्थापक अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक ढुण्डिराज ज्ञवाली निर्वतमान अध्यक्ष तथा सल्लाहकार सदस्य सिध्दिराज भट्टराई लगाएत अन्य सदस्यहरुको सहभागिता रहेको थियो । 
सभामा  ६ जना जेष्ठ शेयर सदस्यहरु लाई नगद,दोसल्ला तथा प्रमाण पत्र प्रदान गरी सम्मान गर्ने कार्यक्रम तय गरीएको थियो भने उक्त कार्यक्रममा उपस्थीत हुन नसक्ने जानकारी खिमकला थापाले गराउनु भएकोले बाकी ५ जना सदस्य लाई सम्मानित गरीएको थियो । 
सम्मानित हुनेहरुमा बिष्णु देबी भट्टराई,रेनुका आचार्य,गौमती थापा क्षेत्री,पोम बहादुर खत्री र पम्फा के.सि. लाई सम्मान गरीएको थियोे त्यस्तै उत्कृष्ट कृषकको रुपमा ३ जना कृषक लाई नगद,प्रमाण पत्र तथा दोसल्ला ओढाई सम्मान गरीएको थियो ।कोभिड १९को बिकराल परिस्थीतीका कारण  गत मंसिर २२ गते देखि २९ गते सम्म क्षेत्रगत आधारमा अन्तर समुह स्तरमा सम्पन्न भएको साधारण सभा आज समापन गर्ने कार्यक्रम यस अघिनै संचालक समिति बाट तय गरीएको थियो । 
अध्यक्ष बाट प्रस्तुत प्रतिबेदन सर्बसम्बत रुपमा पास गरिएको थियो स्मरण रहोस :समापन कार्यक्रमका लागि प्रत्येक अन्तर समुह बाट २÷२ जना प्रतिनिधि अध्यक्ष बाट प्रस्तुत हुने प्रस्ताव माथी छलफलका लागि यस अघिनै चयन गरीएको थियोे ।कार्यक्रमको अन्त्यमा समापन मन्तव्य राख्दै अध्यक्ष कडेलले निमन्त्रणा स्वीकार गरि उपस्तिथित प्रमुख अथिती,अतिथि  लगाएत सहभागी सम्पुर्ण लाई धन्यवाद व्यक्त गर्नु भएको थियोे । भने आफु बाट प्रस्तुत प्रस्ताव सर्बसम्बत पास गर्ने सम्पुर्ण शेयर सदस्य लाई बिशेश धन्यवाद व्यक्त गर्नु भएको थियोे ।

अन्य समाचारहरु