कमला पोख्रेल
अर्घा, अर्घाखाँची १२ पुस । नेकपाको गढ मानिएको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर १० अर्घा गच्छेगैरामा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी २६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा लगायत विभिन्न पार्टीबाट प्रबेस गरेका २६ जनालाई साधारण सदस्यता प्रदान गरी नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले नेपाली कांग्रेसमा प्रबेश गराउनु भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै सभापति मुस्कानले प्रधानमन्त्री ओलीले तानशाह लाद्न खोजेको र संविधानलाई घाइते बनाएको बताउनु भएको छ । लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेस जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने उहाँको भनाई छ ।
प्रधानमन्त्री ओलीले संबिधान बिपरित संसद भंग गरेको बिरुद्धमा १३ गते सन्धिखर्कमा बिरोध प्रदर्शन गर्ने र उक्त विरोध सभामा सहभागी हुन सबैलाई कांग्रेस सभापति मुस्कानले आग्रह गर्नु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै पुर्व सभापति कमलप्रसाद भुसालले विकासबाट कोही पनि बन्चित हुन नपरोस भनेर त्यसका लागि नेपाली कांग्रेस सधैं लाग्ने बताउनुभयो । समृद्ध सन्धिखर्क बनाउन आफु लागि परेको बताउनु भयो ।
कार्यक्रममा मन्तव्य तरुणदल जिल्ला अध्यक्ष नारायण खड्काले पछिल्लो समयमा कांग्रेसमा युवाहरूको प्रबेस बढि रहेको बताउनु भयो । उहाँले यो प्रवेश आगामी दिनमा झन् कांग्रेस सशक्त रुपमा अगाडि गई युवाहरूको लागि धेरै कामहरु गर्ने बताउनुभयो ।
कार्यक्रममा नवप्रवेशीहरुको तर्फबाट तिलक भुसाल र माधव भुसालले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस आमन्त्रित जिल्ला सदस्य बाबुराम भुसाल, भेसबहादुर विसी, श्याम कुवँर, नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका सचिव प्रेमनारायण आचार्य, नेपाली कांग्रेस नगर सदस्य इश्वरी प्रसाद मरासिनी, नेपाल शिक्षक संघ सन्धिखर्क नगरपालिका उपाध्यक्ष गिरबहादुर क्षेत्री, सदस्य पशुपतिनाथ आचार्य, नेपाली कांग्रेस अर्घा गा.वि.स पुर्व सभापति देवकीनन्दन भुसाल,पुर्व उपसभापति उत्तम सिंह ठकुरी, प्रेस युनियन जिल्ला सहसचिव तेजेन्द्र पाण्डे,प्रेस युनियन जिल्ला कोषाध्यक्ष मेलिना सिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस १० नं. वडाका सभापति नारायण चुदालीको सभापतित्व, जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कानको प्रमुख आतिथ्यता, आमन्त्रित जिल्ला सदस्य भेषबहादुर बि.सीको स्वागत मन्तव्य र नेपाली कांग्रेस १० नं वडा सचिव केशवराज आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।