अर्घाखाँचीडट्कम संवाददाता
पावर/बिक्रमसोता, अर्घाखाँची अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड नम्बर -१४ सिमलपानीको बिक्रम पावरमा गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सिमलपानीको बिक्रम पावरमा गंगाजल कृषि तथा पशु बिकास महिला सहकारी सस्था लिमिटेड तेस्रो वार्षिक साधारण सभा तेस्रो बार्षिक साधारण सभा आईतवार सम्पन्न भएको हो ।
तेस्रो बार्षिक साधारण सभा लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरेको प्रमुख आतिथ्यता, शितगङ्गा नगर प्रमुख सुर्य प्रसाद अधिकारीको बिशिस्ट आतिथ्यता, हेफर इन्टरनेशनल नेपालका प्रबन्धक अनन्त सिलवालको विशिस्ट आतिथ्यता र गंगाजल सहकारीको अध्यक्ष सीता लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।