अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रधानमन्त्री केपी शर्मा ओली खेमामा लागेर ऊर्जामन्त्री भएका टोपबहादुर रायमाझी माथि अर्घाखाँचीबासी रुष्ट भएका छन् ।
ओली खेमामा लागेर दोस्रो पटक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पद बहाली भएका टोपबहादुर रायमाझी माथि जिल्लाबासी झन रुष्ट भएका हुन् ।
दोस्रो पटक ऊर्जामन्त्री भएका टोपबहादुर रायमाझीले केही बिकास गर्लान भन्ने आशा भन्दा पनि जिल्लाभरका जनता झन आक्रोसित भएका छन् ।
पद बहाली भएपछि ऊर्जामन्त्री रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको र यसलाई पास गर्नुपर्ने बताएपछि जिल्लाका गाउँ – गाउँ, टोल टोलमा उनिप्रती झन नकारात्मक टिप्पणी गरेको देखिन्छ ।
यस्तै मालारानी – ५ का आफुलाई ओली पक्षको, साविक एमाले हुँ भनी बताउने बिष्णु खनालले भने; “टोपबहादुर मन्त्री हुनेलाई ओली खेमामा आएको हुन्, यिनिले अतिनै घिन लाग्दो काम गरे, यिनिको लागि म आँफै ओली पक्ष भएपनि १ भोट् पनि हाल्दिन टोप बहादुरको राजनीतिक अब सिद्दिएको छ ।”
उता भूमिकास्थान – ३ का हरि प्रसाद भुसाल भन्छन्; “टोपबहादुरले कति दिनको लागि मन्त्री हुने हुन् ? संसद पुनस्थापना भए उनी १ मिनेट पनि रहदैनन्, चुनाव छिटो होला नहोला तर उनलाई अर्घाखाँचीमा चुनाव लड्न अब सजिलो छैन् ।” “टोपबहादुर — — मन्त्री हुनु भनेको उनको राजनीतिक खत्तम भएको हो ।”
साथै पाणिनी – ४ का सन्तोष पोख्रेलले आक्रोसित भएर भने: हामी अर्घाखाँचीका जनता भेडा हौ, “टोपबहादुरलाई अहिलेसम्म चुनाव जिताएर पठाएका छौ तर जती गफ गरेपनि अहिलेसम्म केही गरेका छैनन्; बाटो, एअरपोर्ट, पिच .. यस्ता बिकास उनले गरेको होइेन, समय अनुसार भएको हो, संसार कहाँ पुग्यो, अरु जिल्ला कहाँ पुगे तर हामी अर्घाखाँचीका भेडा जनतालाई टोपबहादुरले यिनै कुरा गरेर भुलाएका छन् । जिल्लाका शितगंगा, पाणिनी, भूमिकास्थानका कयौ भागमा विजुलीसम्म पुगेको छैन्, खानेपानी सिँचाइका त कुरै नगरौ । टोप बहादुरले अर्घाखाँचीबासीलाई अतिनै प्रयोग गरे अब अर्घाखाँचीबासीले बुझ्नुपर्छ ।
यस्तै रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको र यसलाई पास गर्नुपर्ने बताएपछि सामाजिक सन्जालमा जिल्लाबासीहरु आक्रोसित भएका देखिन्छन् । ओली पक्षका समर्थकले समेत उनको भनाईलाई लिएर रुष्ट भएका देखिन्छन् । रायमाझी ऊर्जामन्त्री भएपनि यसपटक आफ्न्त शुभचिन्तकहरुले फोन सामाजिक संजालबाट खासै बधाई तथा शुभकामना दिएका छैनन् ।
२ सय ४५ मेघावाटको नौमुले जलविद्युत आयोजना शुरु हुने आशा भन्दा पनि यस अगाडि मन्त्री हुँदा खुशी भएका जिल्लाबासीहरु यो पटक रायमाझीसँग खासै खुशी देखिएका छैनन् । जिल्लाबासीले मन्त्री हुनको लागि रायमाझी ओली पक्षमा लागेको टिप्पणी गरेका देखिन्छन् । साथै आईतवार प्रचण्ड–नेपाल खेमाले गरेको जिल्ला स्तरीय प्रशिक्षण भेलामा जिल्लाभरबाट आउने स्थानिय नेता, कार्यकर्तालाई रायमाझी (ओली) पक्षले रोकेका थिए । प्रचण्ड–नेपाल खेमाले हजारौको सहभागीता गराउने भने पनि भेलामा १५० जनाको हाराहारीमा उपस्थिती भएको देखिथ्यो । साथै ओली पक्षले मदन आश्रित स्मृति भबन पार्टी कार्यालय कब्जा गरेका छन् । भने प्रचण्ड–नेपाल खेमाले उपाय नलागेर सन्धिखर्कको साथी होटेलमा भेला गर्न वाध्य भएका थिए ।
यस्तै २०७३ पुस २८ गते बिहीबार अर्घाखाँची महोत्सवमा ५ नम्बर टुक्रेमा केही हुँदैन भनेपछि अर्घाखाँचीबाट लखटिएका डिलाराम आचार्यलाई भेलाको प्रमुख आतिथ्यता प्रचण्ड–नेपाल खेमाले गराएपछि सामाजिक सन्जालमा नकारात्मक चर्चा भएको देखिन्छ । अर्घाखाँचीमा मसाल पार्टी छोडेपछि डिलाराम आचार्यलाई खासै कसैले पनि रुचाएको देखिदैन् । मसाल छोडेपछि डिलारामको राजनीतिक सिद्दिएको र पुन: राजनीतिकमा नआउन जिल्लाबासीले सुझाव दिदै आएका छन् ।
रायमाझीले गत पौष १० गते शुक्रवार ऊर्जामन्त्रीमा सपथ लिदा दौरा सुरुवाल र ढाका टोपीको लगाएका थिए । रायमाझी दोस्रो पटक ऊर्जामन्त्री भएका छन्। यसआघि गत २०७२ कार्त्तिक १ गते आइतवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानसहित ऊर्जामन्त्री भएका थिए । रायमाझी नेकपा विभाजनपछि ओली पक्षमा लागेका छन् ।
रायमाझी २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट ५० हजार ८३७ मतसहित निर्वाचित भएका थिए ।