सन्धिखर्कमा कांग्रेसको बृहत् बिरोधसभा सम्पन्न | ओली कम्युनिस्टका नाममा कलंक, लोकतन्त्रको मुकुन्डो लगाएको तानाशाह: मुस्कान
पौष १३ गते, २०७७ मा प्रकाशित
केशबराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस अर्घाखाँचीले सन्धिखर्कमा बृहत् बिरोधसभा गरेको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने राष्ट्रिय कार्यक्रम अनुरुप अर्घाखाँचीमा पनि काङ्ग्रेसले बिरोधसभा गरेको हो ।
बि. पि. स्मृति भवनबाट निकालिएको बिरोध जुलुश बजार परिक्रमा गरि शान्ति बगैंचा चोकमा पुगेर शभामा परिणत भएको थियो । शभामा बोल्दै नेपाली काङ्ग्रेस अर्घाखाँचीका सभापति बिष्णु मुस्कानले खड्ग प्रसाद वलि कम्युनिस्टका नाममा कलकं भएको बताए । उनले लोकतन्त्रको मियो काङ्ग्रेसमात्र भएको दावी गर्दै नेपालमा कम्युनिस्टहरुले धेरै गद्दारि गरेको उल्लेख गरे ।
लोकतन्त्रका लागि जेल बसेको दुहाइ दिने वलि लोकतन्त्रका लागि नभई सोझा साझा किसानको टाउको काटे बापत ज्यानमारा मुद्दामा जेल बसेको छर्लङ्ग छ भन्दै नेपालका कम्युनिस्टले लोकतन्त्रको रक्षा गर्छन भनेर भ्रममा नपर्न आम जनतामा अपिल गरे ।
बर्तमान सरकारको लक्ष्य चुनाब गर्ने नभई चुनाबको निहुमा थप निरंकुश र तानाशाह बन्ने तर्फ उद्दत रहेको बताउदै नेता मुस्कानले बर्तमान वलि सरकार क्रमबद्द रुपमा प्रदेश र स्थानिय तह समेत भंग गर्ने षड्यन्त्रमा लागेको र लोकतन्त्रको घाँटी निमोठ्ने दाउमा रहेको बताए ।
यस्तै सभामा बोल्दै नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पान्डेले काङ्रेश चुनाबमा जान नडराउने र जनतामाझ ढुक्क भएर जाने बताए ।