अर्घाखाँचीडट्कम संवाददाता / रातो प्रेस
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ९ सिद्धाराले व्यक्तिगत घटना दर्ता कार्य अनलाईन प्रणाली मार्फत हिजो सोमबारबाट शुरु गरेको छ ।
अनलाईन दर्ता भएको केवल परिवारको छोरी स्वेच्छा परियारको जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै शितगंगा – ९ का वडा अध्यक्ष भिम बहादुर केसीले जनतालाई छिटो छरितो र प्रभावकारी सेवाका लागि अनलाईन प्रणालीबाट घटना दर्ता कार्य प्रभावकारी हुने बताउनुभयो । आफुहरुले पहिले देखीनै चासो राखेको अनलाईन प्रणाली मार्फत घटना दर्ता कार्य सुरु भएपछि सेवा प्रवाह पारदर्शी र छिटो छरितो सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका एम. आई. एस. अपरेटर सहितका कर्मचारीहरुको प्राविधिक सहजिकरणबाट अनलाईन दर्ता कार्यको थालनी गरिएको वडा सचिव हेमन्त कुमार भट्टराईले जानकारी गराउनु भयो ।