कोरोना भइरस महामारीको कारण बन्द भएको सवारी चालक अनुमती पत्रको अनलाइन आवेदन ९ महिना पछि खुल्ला भएको छ।
अरु सरकारी काम अगाडि नै खुलेपनि प्रदेश मन्त्रालय र यातायात व्यवस्था विभागको भने समन्वय हुन नसक्दा आवेदन खुल्न ढिलो भएको हो।
यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्डहरु परिपालन गर्ने व्यवस्था गरी मंगलबार देखि आवदेन खुल्ला गरेको हो।
सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएकाे छ।
अनलाई फारम भर्नको लागि यातायात व्यवस्था विभागको बेवसाइटमा जाने।
पेज खुलेपछि दाइने पट्टी अनलाइन सवारी चालक अनुमती पत्र प्रणली लेखिएको लिङ्कमा क्लिक गर्ने। त्यसपछि पेजको सबैभन्दा माथी अनलाईन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।
नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटममा क्लिक गर्ने।
त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने। सेतोपाटीमा समाचार छ ।