सन्धिखर्क बजारका पसलहरुमा कर कार्यालयका प्रतिनिधिले अनुगमन गर्दै

अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची पौष -१४  ।  उधोग पर्यटन बन तथा बाताबरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा सर्बपक्षिय बैठक सम्पन्न ।
       जिल्ला प्रशासन कार्यलय अर्घाखाँची का प्रमुखजिल्ला अधिकारी  बिष्णु पौडेलको अध्यक्षतमा सम्पन्न बैठकमा मन्त्रालयका प्रतिनिधि बालकृष्ण गैरे सन्धीखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी , शशस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन , उधोग बाणिज्य महा संघ का अध्यक्ष युबराज श्रेष्ठ नेपाल चेम्बर अफ कमर्श का अध्यक्ष अशोक श्रेष्ठ , कर कार्यलय का प्रमुख तथा संचारकर्मीहरु को उपस्तिथि रहेको थियोे ।
         बैठक मा उपभोक्त हरुको हित लाई मध्यनजर गर्दै अनुशिक्षण तालीम हरु सन्चालन गर्ने बिज्ञ सहितको अनुगमन टोलि बनाउन बिज्ञ हरु ल्याउन पहल गर्ने अनुगमन टोलि लाई जेरि जस्तो नभइ डोरि जस्तो बनाउने लगायतका महत्त्वपूर्ण निणय गरिएको थियो ।
     बैठकले आजै सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको नेतृत्वमा मन्त्रालयका प्रतिनिधि कर कार्यालयका प्रतिनिधि जिल्ला प्रहरी कार्यालयका साहायक प्रहरी निरीक्षक उधोग बाणिज्य महासङ का प्रतिनिधि चेम्बर अफ कमर्शका प्रतिनिधि सन्धिखर्क नगरपालिकाका प्रतिनिधि तथा  सन्चारकर्मी लगायतको टोलीले बजारका विभिन्न पसलहरुमा अनुगमन गरिरहेको छ ।