सन्धिखर्कमा प्रचण्ड-नेपाल समुह निकट युवा विद्यार्थीहरुले मशाल जुलुस निकाले

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुह निकट  युवा विद्यार्थीहरुले आज सन्धिखर्कमा मशाल जुलुस निकालेका  छन् ।
सन्धिखर्कको बस पार्कबाट निस्किएको मसाल जुलुस शान्ति बगैंचामा पुगि कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेकपाका केन्द्रिय सदस्य डिलाराम आचार्यले सम्बोधन गर्नु भएको थियो । उहाँले जनताको बलिदानीबाट प्राप्त भएको गणतन्त्रको रक्षा गर्न आफुहरु सडकमा आउनु परेको बताउनु भयो ।  कार्यक्रम विद्यार्थी नेता नारायण खनालको सञ्चालनमा सम्पन्न भएको हो ।