अर्घाखाँचीडट्कम संवाददाता
कोप्चेबास, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडाको कोप्चेबास सडक, सुपादेउराली, नरपानी सडकमा कुहिरो ,हुस्सु, हिमपात, सितलहरको कारणले सडक चिप्लो भई हुने दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अन्तर्गत आज शितगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको कोप्चेबास स्थित खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले, अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी सुपादेउराली स्थित खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले बिभिन्न सवारी साधनका चालक तथा सह-चालक हरु २ पटकमा ४५ जना र सर्बसाधरण १ पटकमा ३० जना गरी २ पटकमा ७५ जनलाई सकमै जम्मा गरी मौसमको कारणले हुने सवारी दुर्घटना कुहिरो ,हुस्सु, हिमपात, सितलहरको कारणले सडक चिप्लो भई हुने दुर्घटना ,सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने सम्बन्धी प्रशिक्षण दिएको थियो ।
सोही अवसरमा ट्राफिक जनचेतनामुलक स्वलोगन लेखिएका स्टिकर समेत टाँस गरी र पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।