अर्घाखाँचीमा कर छल्ने ३ जना ब्यबसायीलाई जरिवाना, गुणस्तरहिन खाद्य तथा पेय पदार्थ नस्ट (फोटो सहित)

केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) १६ पुष २०७७ ।   जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अबधि सकिएका तथा गुणस्तरहिन खाद्य पदार्थ नस्ट गरिएको छ ।
हिजो पुष १५ गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँची  , घरेलु तथा साना उद्योग कार्यालय र शितगङ्गा नगरपालिकाको कार्यालय अर्घाखाँचीद्वारा गरिएको संयुक्त अनुगमनमा फेला परेका गुणस्तर हिन खाद्य तथा पेय पदार्थ पत्रकार तथा सुरक्षाकर्मिको रोहवरमा नस्ट गरिएको हो ।
सन्धिखर्क नगर्पालिकाको नरपानी, सुपादेउराली , शीतगङ्गा नगरपालिकाको लाहुरे बजार, ठाडा, अमराई र चक्ला बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रिएका बस्तुका साथै दर्ता नगरी ब्यबसाय गरेको , किराना पसलमा दर्ता बिना निर्माण सामग्री बिक्रीवितरण गरेको र अत्यन्तै न्यून पुजि राखी ठूलो ब्यबसाय गरि कर छली गरेको भन्दै ३ जना ब्यबसायि तनहुँ खाजा घर ,न्यु गाउँले स्टोर्स र रोयल अर्घाखाँची गेस्ट हाउसलाइ रु ५००० हजारका दरले जरिवाना पनि गरिएको सहायक प्र .जि .अ. बिक्रम थापाले बताए । अनुगमनको प्रतिबेदन पढ्दै थापाले ठाउँको ठाँउ जरिवाना गरेको भने यो पहिलो पटक भएको बताए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्राङ्गणमा  प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, बिनोद खनाल , पत्रकार केशवराज ज्ञवाली, प्रेमनारायण आचार्य, अशोक खनाल ,अनिल नेपाली, जिल्ला प्रशासन कार्यालयका कर्मचारिहरु लगायत सुरक्षाकर्मि लगायतको रोहवरमा उक्त सामग्रीहरु जलाएर नस्ट गरिएको थियो ।