शितगंगा नगरपालिकामा ७ दिने सहुलियतपुर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तालीम सम्पन्न

झनक के.सी    / अर्घाखाँचीडट्कम संवाददाता  
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा बित्तिय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सहजीकरण उद्यमशिलता ७ दिने तालिम आज सम्पन्न भएको छ।
कार्यक्रममा वैदेशिक रोजगारिबाट फर्किएको सस्था रिटर्नि माइग्रेन्ट नेपाल शाखा अर्घाखाँचीको पहलमा पहिलो चरणको ७ दिने तालिम सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष शितगङ्गा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारि,अतिथी शितगङ्गा नगरपालिका उपप्रमुख टिका रेस्मी अतिथि नेकपा शितगङ्गा  नगर कमिटि अध्यक्ष वसन्त कुमार श्रेष्ठ,तेस्तै कार्यक्रमको प्रशिक्षक अतिथी राष्टिय युवा परिषद उप-सचिब कमला ज्ञवालि,कार्यपालिका सदस्य राम बहादुर दर्नाल, अतिथी प्रक्षिक्षक अर्जुन भट्टराई,अतिथी रास्टिय बाणिज्य बैंक शाखा ठाडाका प्रबन्धक कृष्ण प्रसाद आचार्य लगायत २८ जना तालिममा सहभागी टिमको बिचका कार्यक्रम सम्म्पन भएको थियो। कार्यक्रममा तालिमका सहभागी समुहबाट राजु अधिकारीले हामिलाई यो तालिमले धेरै आँखा खुलाइ दिएको छ।
हामी आउदा दिनमा उद्यमि बनेर देशलाई समृद्धि बनाउने इक्षा पूरा भएको छ बताउनु भएको थियो। तेस्तै  प्रशिक्षकको तर्फबाट रास्टिय युवा परिषद उप-सचिब ज्ञावलिले कार्यक्रममा बाेल्दै युवाहरु देशमै स्वराेजगार शृजनागरी उद्धमी बनुन भन्ने उदेश्यले याे तालिम हामिले  सञ्चालनमा ल्याएका छौ। युवा परिषदले तपाइहरुलाई मिडिएटरको भुमिका निभाउन मद्धत गर्ने समेत बताउनु भएको थियो। तेस्तै नेकपा शितगङ्गा नगरकमिटी अध्यक्ष वसन्त कुमार श्रेष्ठले युवालेनै कृषिमा कान्ति ल्याउने छन कृषिमा लगानी लगाउन पछि पर्नु हुदैन। अर्घाखाँची मालारानिलाई उदाहरण दिदै युवाले काम गर्न चाहे  युवालाई जवानी बसेर पर्ने नगरपालिकाका उपमेयर रेस्मिलाइ ध्यानाकर्षण गराएका थिए तेस्तै विभिन्न कारण आफू बिजि भएपछि कार्यक्रम अध्यक्ष भुमिका बाद्नु भएका उपप्रमुख टीका रेस्मिले  कृषिमा धेरै अनुदान दिई सकेका छौ व्यावसायिक योजना बनाएर आउनुस हामिले सहयोग गर्नेछौ। तपाइहरुले तालिममा धेरै कुरा बुझ्नु भयो तेहि अनुसार योजना सहित आउनुस हामी जतिबेलापनी सहयोग गर्छौ। 
कार्यक्रममा शितगङ्गा नगरपालिकाले प्रशिक्षक दुबैजनालाई मायाको चिनो प्रधान गरेको थियो। तेस्तै रिटर्नि माइग्रेन्ट नेपाल अर्घाखाँची शाखाले पनि दुबैजना प्रशिक्षकलाई मायाको चिनो प्रधान गरेको थियो। समापन कार्यक्रममा संचालकको भुमिका यसै नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा तालिम संयोजक नागेन्द्र नेपालले गर्नु भएको थियो।

अन्य समाचारहरु