खिदिमका आगलागी पिडितलाई डिविज़न वन कार्यालय सल्यानद्धारा राहत रक़म संकलन, पर्यटन समाजद्धारा हस्तान्तरण
पौष १८ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
खिदिम, अर्घाखाँची डटकम्/व्युरो रिपोर्ट । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड ३ खिदिम निवासी हाल डिविज़न वन कार्यालय सल्यानमा कार्यरत गोकुल सुनारको पहलमा जम्मा भएको राहत रक़म हस्तान्तरण गरिएको छ ।
डिविज़न वन कार्यालय सल्यानमा कार्यरत गोकुल सुनारको पहलमा जम्मा भएको १९ हजार ५ सय २१ रुपैया पाणिनी गाँउ पालिका वडा नं ३का वडा अध्यक्ष देवी वहादुर क्षेत्री, पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्षझविन सुनाम,उपाध्यक्ष धुर्वराज घिमिरे,सचिव केशव वन्जाडे,सदस्य पुस्करघिमिरे,पत्रकार चोलनाथ पौडेल,गोकुल सुनार का वुवा कृष्ण वहादुर सुनार,आमाउजेली सुनार र स्थानीयहरुको उपस्थितीमा अग्नि पिडित नारायणी अत्रिलाईविहिवार नगद सहयोग रक़म रु १९ हजार ५ सय २१ रुपैया हस्तांतरण गरिएको हो ।
२०७७ पौष ०४ गते विहान पाणिनी गाँउ पालिका वडा नं ३ हर्रावोट स्थितनारायणी अत्रिको घरमा अचानक आगलागी भई पुर्ण क्षति भएको अवस्थालेआफुलाई दुःखित तुल्याएको कारण डिविज़न वन कार्यालय सल्यानमा कार्यरतकर्मचारीवाट सहयोग अभियान संचालन गरी १९ हज़ार ५ सय २१ रुपैया उठाएरअर्घाखाँची डटकम् र पाणिनी पर्यटन समाज अर्घाखाँची मार्फ़त पिडितलाईहस्तांतरण गरिएको छ ।