शोभाखर पन्थी
नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले पार्टी बिभाजनको मुख्य दोषी प्रचण्ड र माधव नेपाल भएको बताउनु भएको छ ।
पार्टी अध्यक्ष प्रचण्ड र नेता नेपालले पार्टी एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टी बिभाजनको अबस्थामा पुर्याएको आरोप लगाउनु भयो । आफुहरुले पार्टी बिभाजन रोक्न भरमग्दुर प्रयास गरेपनि प्रचण्ड , नेपाल समुहको चरम पदलोलुपता र संगठनिक अराजकताका कारण पार्टी बिभाजन भएको उहाँको गुनासो थियो ।
रायमाझीले अध्यक्ष प्रचण्ड र माधव समुहले बाह्य शक्तिको ईसारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लाई दुबै पद बाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै उहाँले उनिहरुको पदलोलुप चरित्र र निहित स्वार्थ मुलुकको बिकास र समृद्धिको निम्ति बाधक रेहेको आरोप लगाउनु भयो ।
३३ बर्ष सम्म प्रचण्डले आफै टिको लगाएर पार्टी अध्यक्ष भएको भन्दै उहाँले प्रचण्डले बिगतमा पार्टी लाई खल्तीको पैसा जस्तो बनाएको बताउनुभयो ।
रायमाझीले जनयुद्धको समयमा भागेका भगौडा नारायणकाजी लाई कन्ट्याक्टर र माधव नेपाल लाई अध्यक्ष बनाएर प्रचण्ड आफु खलासी बनेको आरोप लगाउनु भयो ।
उहाँले प्रचण्ड ,माधव र झलनाथका कारण पार्टी बिभाजन भएको दुखेसो पोख्दै अब पार्टीलाई रुपान्तरण सहितको ध्रुबिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र कार्यालय सदस्य पिताम्बर भुसालको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य बोमबहादुर बि ।क ।, केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपा करीब दुईतिहाइ सदस्यको उपस्थिति रहेको जिल्ला कार्यालय सदस्य लिलबहादुर बि ।क ।ले बताउनुभयो । वैठकले गरेका निर्णयहरु बारे केहिदिन मै पत्रकार सम्मेलन गरेर जानकारी गराईने जिल्ला प्रचार बिभाग प्रमुख तिलक मिश्रले बताउनुभयो ।
जिल्लामा भारी बहुमतमा रहेको नेकपाले गाउँ केन्द्रीत योजना निर्माण गरेको जनाईएको छ ।