केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पार्टी भित्रबाट सरकार ढाल्ने योजना गराई देशलाइ , पष्चगमन तर्फ धकेल्ने प्रयासमा साथिहरु लागेको देशलाइ अराजकता र सिस्टम बिहिनता तर्फ जान नदिनको लागि पद्दति बचाउन संसद बिघटन गरि चुनाबमा जानुको बिकल्प नभएको ओलि पक्षिय नेता तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले बताए ।
आज बिहान सन्धिखर्कमा परिएको पत्रकार सम्मेलनमा उनले नयाँ जनादेशमा जानू बाहेक बिकल्प नभएको दाबी गरे ।पार्टिलाइ गुटबन्दी गरि फुटको अबस्थामा पुर्याउन कम्रेड प्रचण्ड लागि पर्नु दुखद भएको बताए । नेता रायमाझिले आफू जनयुद्द र आन्दोलन बाट प्रक्षिक्षित भएकोले संस्थापन पक्ष नछोडेको आफु ओलि पक्षमा लागेको भन्दा पनि पार्टी नछोडेको नेता रायमाझिले बताए ।दाहाल र नेपालले नेकपा भन्ने हैसियत गुमाएको भन्दै रायमाझिले जसलाइ मन लाग्यो होटेलमा कार्यक्रम गरि स्वघोशणा गर्दैमा अध्यक्ष नभैने भन्दै वास्तविक अध्यक्ष ओलि र आफुहरु नेकपा भएको दाबी गरे ।
कमरेड प्रचण्ड पहिला देखिनै सरकार ढाल्न अभ्यस्त रहेको , उनि सुशील कोइराला, शेर बहादुर देउवा, बाबुराम भट्टराई लगायतका नेतृत्वका सरकार ढाल्ने काममा पहिला देखिनै सक्रिय रहेको भन्दै नेता रायमाझिले प्रचण्ड यसपाली असफल भएर पार्टी फुटाली सडकमा गएको बताए । यी र यस्ता खाले दुस्साहस गर्दै देशलाइ भड्खालोमा लैजाने संकेत देखेत प्रधानमन्त्री ओलि संसद विघटन गर्न बाध्य भएको उनले स्पस्ट पारे । पुर्व माओबादिहरुमा आन्दोलन र युद्दको धङधङि र सत्ताको लोभ कायमै रहेको आरोप लगाए ।
देशका शक्तिहरु सबै सडकमा गए सिस्टम कसले बचाउने ? बिकास कसले गर्ने ? भन्दै मन्त्री रायमाझिले सिस्टम बचाउने तर्फ योगदान गर्न र जिललाको बिकासका लागि सरकारमा गएको संकेत गरे ।
सस्थापन छोड्नेको बिकास र समृद्धि नहुने दाबी गर्दै रायमाझिले असन्तुष्ट साथिहरु पनि ढिलो चाढो कुरा बुझेर लाइनमा आउनुपर्ने बताए । पार्टि र देशको सुन्दर भबिस्यको लागि गुटबन्दी हानिकारक हुने बताउदै गुटबन्दी बन्द गर्न आग्रह गरे ।
अर्घाखाँचीमा केही दिन अगाडि भएको दाहाल नेपाल समुहको भेलालाइ संकेत गर्दै रायमाझिले साथिहरु कुरा बुजेपछी फर्किने आशा आशा गरे ।
बर्तमान प्रधानमन्त्री के .पि.ओलिका सम्पुर्ण कालका कामहरु महत्वपुर्ण भएको ,भुकम्प र नाकाबन्दिका समयमा उनले लिएका अडान र काम बाट प्रभबित भएको भन्दै मन्त्री रायमाझिले के . पि . ओलि जस्तो रास्ट्रबादी नेता अरु नभएको दाबी गरे लिपुलेक कालपानी लगायत समेटेर नक्सा प्रकाशन, अरुले गर्न नसकेको तर ओलिले गरेको राष्ट्रियताका अडानमा कडा रहेको , देशलाइ भुपरिबेस्टित बाट भुजडिततर्फ उन्मुख गराउन लागेको भन्दै ओलिको मुक्त कण्ठले प्रसंशा गरे ।
प्रधानमन्त्रीलाई पार्टी भित्र बाट हात खुटा बाधेर काम गर्न नदिएको बताउदै उनले अबका सहज नभएको तर्फ संकेत गरे ।
एम सि सि को बिसयमा कुरा बङाइएको बताउदै उनले यश बिसयमा छिटो निर्णयमा पुग्नुपर्ने आफ्नो भनाइ रहेको बताए ।
खारेज वा लागू जे गर्ने हो छलफल गरेर छिटो गर्नुपर्नेमा उनले जोड दिए । लोडसेडिङ कम गर्नआफ्नो ९९ बुदा मास्टर प्लान रहेको, नौमुरे आयोजना आफ्नो मास्टरप्लानमा राखेको र छिटो डि पि आर हुने उनले बताए ।