अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्धारा मशाल जुलुश र कोणसभा सम्पन्न (फोटो भिडियो सहित)
पौष २० गते, २०७७ मा प्रकाशित
केशबराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २० पुष २०७७ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मशाल जुलुश र कोणसभा गरेको छ ।
बर्तमान सरकारका कार्य असंबैधानिक भएका भन्दै संसद पुनर्स्थापना गर्नुपर्ने ,भ्रस्टाचार नियन्त्रण हुनुपर्ने , जताततै बिकृती र बिसङती को निर्मुल हुनुपर्ने माग राख्दै रास्ट्रिय जनमोर्चा जिल्ला समिती अर्घाखाँचीको आयोजनामा निकालिएको मसाल जुलुश सन्धिखर्क र चुत्राबेशिका विभिन्न स्थान बाट निस्किएर बजार परिक्रमा गरि शान्ती बगैंचामा पुगेर कोणसभामा परिणत भएको हो ।
जुलुसमा संघीयताको खारेजी गर , संसद पुनर्स्थापना गर , भ्रष्टाचारको अन्त्य गर जस्ता नारा हरु लगाइएको थियो ।
कोण शभामा बोल्दै जनमोर्चा केन्द्रिय सदस्य झबिलाल थापाले संसद बिघटन बदनियतपुर्बक गरिएको भन्दै पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । उनले संविधानको चिरहरण गर्दै गरिएको यो कार्य पुर्णतया असंबैधानिक भएको भन्दै कानुनी राज्यको खिल्ली उडाउएकोमा घोर आपती प्रकट गरे ।
सन्धिखर्कको बसपार्क , चुत्राबेशीको मसाल बजार, र मस्जिदलाइन बाट एकै साथ निकालिएको मसाल जुलुस प्रहरिले छेक्ने प्रयास गर्दा गर्दै पनि शान्ती बगैचा मा पुगि कोणशभामा परिणत भएको थियो ।