ठाडामा प्रचण्ड-नेपाल पक्ष नेकपा शितगंगाको नगर कमिटीको विस्तारित बैठक सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा प्रचण्ड-नेपाल पक्षको नेकपा शितगंगाको नगर कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
पछिल्लो समय सरकार विघटन संगै राजनैतिक घटनाक्रममा आएको उताड चडाव र पार्टी विभाजनलाई मध्यनजर गरेर सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले विस्तारित बैठक सुरु गरेको हो।
पार्टी र कार्यकर्तालाई एक ढिक्का गराउन विस्तारित बैठकको महत्वपूर्ण भूमिका सहित नगरमा कार्यकर्ता भेला तथा सभालगायत राजनीतिक गतिविधिका माध्यमबाट जनताका घर घरमा पुग्ने लक्ष्य रहेको बताएको छ ।
विस्तारित बैठक मनिराम अधिकारीको अध्यक्षता, प्रदेश कमिटी सदस्य पिताम्बर भुसालको प्रमुख आतिथ्यता र नारायण बेल्बासेको स्वागत भाषणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शितगंगा नगर कमिटीको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठकको संचालन नारायण शर्माले गरेका थिए ।
बैठकमा प्रदेश, जिल्ला तथा शितगंगा नगरपालिकाको प्रत्येक वडाबाट नेकपाका अगुवा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको स्रोतले जनाएको छ ।

अन्य समाचारहरु