शितगंगा नगरपालिकामा ओली पक्ष नेकपाको भेला सम्पन्न (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे ठाडामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शितगंगा नगरपालिका कमिटीले विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
शितगंगा नगरपालिकामा ओली पक्षको नेकपा नगर कमिटीले आज बुधवार  विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
यस्तै प्रशिक्षण कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा उर्जा जलस्राेत तथा सिंचाइ मन्त्री टाेप बहादुर रायमाझीकाे प्रमुख आथित्यथा, लुम्बिनी प्रदेश सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य तथा पार्टी जिल्ला अध्यक्ष चेतनारायण आचार्य, लुम्बिनी प्रदेश सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य रामजी प्रसाद घिमिरे ,  जाल्पा भुसालकाे विशेष आतित्यथा पार्टी प्रदेश कमिटी सदस्य बिधान रायमाझी , जिल्ला कमिटी सदस्य तथा शितगंगा सह ईन्चार्ज काशिराम आचार्य , जिल्ला कमिटी सदस्यहरु भिम केसी , गाेबरर्धन थापा, ऋषि रेस्मी , तिलक भाट, धन बहादुर राना, काशीनाथ पाैडेल लगायतका नेताहरुको   उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी कार्यकर्तालाई उर्जा जलस्राेत तथा सिंचाइ मन्त्री  टाेप बहादुर रायमाझी पार्टीको प्रथम अध्यक्ष ओली नेत्तृत्व गर्नुभएको समूह नै सस्थापन नेपाल कम्युनिष्ट पार्टी भएकाले कुनै दुबिधामा नपरी गाउँ देखि केन्द्रसम्म एक भएर पार्टीका कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत  दिनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा पाटि नगर कमिटी अध्यक्ष  बसन्त कुमार श्रेष्ठले कार्यक्रममा पार्टीको साबिकमा रहेको नगर कमिटिका ८२ % भन्दा बढि सदस्यहरुकाे उपस्थितिमा सम्पन्न भएकाले शितगंगामा पार्टी कमिटीको बिषयमा १/२ जनाले चिया पसलमा बसेर गरेको हल्लाकाे भ्रममा नपर्न आग्रह गर्नुभयाे । 
प्रशिक्षण कार्यक्रममा सबै वार्ड कमिटी सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो । उता प्रचण्ड–नेपाल खेमाले पनि जिल्लाभर बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ ।

अन्य समाचारहरु