अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमणका कारण मृत्यु भएका अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका–२ सितापुरका स्वर्गीय प्रेम वहादुर क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी रकम प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि. ले हस्तान्तरण गरेको छ ।
प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि. ले सितापुर स्थायी घर भई सन्धिखर्क न.पा. १, मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका स्वर्गीय प्रेम वहादुर क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी रकम कागजात पुरा भएको ४ दिनमा हस्तान्तरण गरेको हो ।
कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा मंसीर ३ गते मृत्यु भए पश्चात निजकी श्रीमती केसरा क्षेत्रीले मंसीर २४ गते कम्पनिमा निवेदन दिएकी थिईन र आबश्यक सम्पुर्ण कागजात पौष १६ गते पुरा गरेकी थिइन ।
उनले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीमा रु. २,०१,०००.०० (दुई लाख एक हजार मात्र) को बीमा गरेका थिए । उनले कम्पनिमा ३ किस्ता बापत रु.४९,००० मात्र बुझाएका थिए । उनको मृत्यु पश्चात मृत्यु दाबी भुक्तानी वापतको रकम रु. २,३७,९८४.०० (दुई लाख सैतीस हजार नौ सय चौरासी रुपैया) मध्ये निजको यस वर्षको किस्ता रकम भुक्तानी नगरेकोले सो बापतको रकम रु. १६,३५२.०० कट्टा गरी बा“की रकम रु. २,२१,६३२.०० (दुई लाख एक्काईस हजार छ सय वत्तीस रुपैया मात्र) कम्पनीले मृतककी श्रीमती केसरा क्षेत्रीको वैंक खाताका पौष २० गते सिधै भुक्तानी गरेको कम्पनिको अर्घाख“ाची कार्यालयका प्रमुख नारायण घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले हामी ग्राहक मैत्री छौ उत्कृष्ठ जीवन बीमा सेवालाई शिरोधार्य गर्दै ग्राहकलाई जीवन बीमा सेवामा खुसी र सन्तुष्टि दिनु हाम्रो प्रमुख दायीŒव हो र प्राइमलाइफ इन्स्योरेन्स क.लि.ले छिटो, छरीतो, सरल, सहज र उत्कृष्ठ बीमा सेवा प्रदान गर्दछ । दावीकर्ताले कम्पनिमा आबश्यक कागजात पुरा उपलब्ध गराएमा बीमा कम्पनिहरुले सहजै भुक्तानी गर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा दावी भुक्तानी प्राप्त गरेकी क्षेत्रीले अन्य कम्पनिहरुमा पनि बिमा गर्नुभएको थियो । निबेदन पेश गरीसकेकी छु तर केही थप जानकारी तथा भुक्तानी प्राप्त नगरेको बताउदै यस प्राइम लाइफ साच्चै भनाई जस्तै छिटो, छरीतो र उत्कृष्ठ बीमा सेवा प्रदान गर्ने कम्पनि रहेछ । बीमा भनेको यस्तै अप्ठेरोमा काम लाग्ने रहेछ यो रकमबाट बाँकी जीवन बालबच्चाको अध्ययन र भविष्यका लागी लगाउने छु र सबैले जीवन बीमा गर्नुपर्ने भनाइ राख्नुभयो ।