अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपा शितगंगाको विस्तारित बैठक तथा अगूवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। शितगंगा नगरपालिकामा ओली पक्षको नेकपा कमिटिले आज विस्तारित बैठक तथा अगूवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेकपा शितगङ्गा नगर संगठन कमिटी अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षतामा प्रमुख अतिथी नेकपा पार्टि स्थाई सदस्य नेपाल सरकारका उर्जा तथा जल श्रोत मन्त्री टोप बहादुर रायमाझि बिशिस्ट अतिथी पार्टी केन्द्रिय महाधिवेशन आ.क.सदस्य तथा जिल्ला अध्यक्ष एवम प्रदेश सभा सदस्य चेत नारायण आचार्य,अतिथी पार्टी केन्द्रिय महाधिवेशन आ.क.सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, अतिथी पार्टी केन्द्रिय महाधिवेशन आ.क.सदस्य एवम प्रदेश सदस्य जालपा भुषाल,नेकपा प्रदेश कमिटी सदस्य अर्घाखाँची २ इन्चार्ज तोज बहादुर रायमाझी बिधान,पार्टी जिल्ला कमिटि सदस्य तथा शितगङ्गा सह इन्चार्ज काशी राम आचार्य, जिल्ला कमिटी सदस्यहरु भिम केसि, गोबर्धन थापा, ऋषि रेश्मी, रुकेश आले, काशी पौडेल,तिलक भाट,गिरि थापा लगाएत, वाड अध्यक्षहरु दुर्गा बिसि, बुद्धि कृष्ण पौडेल, नगर कार्यलय सदस्य, नगर कमिटी सदस्य,वडा कमिटीका पदाधिकारी टोल कमिटिका आम शुभेक्छुक कार्यकर्ताहरु लगाएत नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष गणेश खनाल पत्रकार नवीन केसि,आतिथ्यतामा कार्यक्रम सन्चालन भएको थियो ।
कार्यक्रममा बोल्दै उर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना हुनै नसक्ने बताएका छन् । संसद पुनःस्थापना हुने सपना नदेख्न आन्दोलनकारी लाई आग्रह गरे । आन्दोलनका सट्टा चुनाव समयमै सम्पन्न गर्ने गरी सरकारलाई सहयोग गर्न पुनःस्थापनामा माग राख्दै आन्दोलन गरिरहेका दलहरुलाई रायमाझीले सुझाव दिए ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा शितगंगा नगर कमिटीद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले तोकेको समयमै आमनिर्वाचन हुने बताए ।
प्रचण्ड–माधव समूहले निर्वाचित प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई हटाई सरकार र पार्टी कव्जा गर्ने नियतका कारण पार्टी फुटको संघारमा पुगेको दावी गरे । नेकपा नेता समेत रहेका रायमाझीले पार्टी फुट्नुमा मुख्य दोषी प्रचण्ड र माधव नेपाल रहेको जिकिर गरे ।
पार्टी अध्यक्ष प्रचण्ड र नेता नेपालले पार्टी एकताको मर्म बिपरित पार्टीभित्र चरम गुटबन्दी गरी पार्टी विभाजनको अवस्थामा पुर्याएको आरोप लगाए । आफुहरुले पार्टी बिभाजन रोक्न भरमग्दुर प्रयास गरेपनि प्रचण्ड–नेपाल समुहको चरम पद लोलुपता र सांगठनिक अराजकताका कारण पार्टी बिभाजन भएको उनको भनाइ छ ।
रायमाझीले अध्यक्ष प्रचण्ड र माधव समुहले बाह्य शक्तिको ईसारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै उनले उनीहरुको पदलोलुप चरित्र र निहित स्वार्थ मुलुकको बिकास र समृद्धिको निम्ति बाधक रहेको आरोप लगाए ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री रायमाझीले शितगंगा नगरपालिकामा रहेका पर्यटकिय स्थल विधुत खानेपानि सडक विस्तारको लागि सहयोग गर्ने बताउनु भयो ।
ठाडामा पुगेर ऊर्जा मन्त्री टोपबहादुरले भने प्रचण्ड–माधवले विदेशीको इसारामा पार्टी फुटाए
ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–माधव समूहले वैदेशिक शक्ति केन्द्रको इसारामा पार्टी फुटाएर गम्भीर गल्ती गरेको भन्दै कुनै समयपछि पछुतो मान्दै पुनः पार्टीमा फर्कने बताउनुभयो ।
केपी ओली नेतृत्वको सकारले ऐतिहासिक र जनमुखी काम गरेको भन्दै उहाँले सरकारले काम गरे नगरेको हेर्न देशव्यापी विकास हेरे पुग्ने उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा शितगंगा नगर कमिटी अर्घाखाँचीद्वारा ठाडामा आयोजित विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले पार्टी भित्रबाटै सरकारलाई काम गर्न नदिएको, आफ्नो पार्टीको सरकार आफै ढाल्न लागेको भन्दै संविधान संरक्षणको निम्ति जनताबीच जानुको कुनै विकल्प नभएको बताउनुभयो ।
केपी ओली नेतृत्वको सकारले ऐतिहासिक र जनमुखी काम गरेको भन्दै उहाँले जिल्लाको पार्टीलाई एकताबद्ध बनाई उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टी फुटले आफूहरूलाई कुनै फरक नपर्ने र प्रचण्ड–माधव पक्ष चुनावमा गए पत्तासाफ हुने डरले सडकमा कुर्लिएको उहाँको कथन रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युष्टि पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य द्वय चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेले झुट्टा लाल्छना , कपोकल्पित आरोपको भ्रममा नपरी नेपाली कम्युनिष्ट आन्दोलनको मुलप्रवाह केपी शर्मा ओली नेतृत्वको नेकपामा गोलबन्द हुन आग्रह गर्नुभयो ।