अर्घाखाँचीमा ओली पक्षको महिला संघले राष्ट्रपतिलाई गाली गर्नेलाई कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापनपत्र बुझायो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल नेपाल महिला संघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाएको छ । 
ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल नेपाल महिला संघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गर्नेलाई खवरदारी तथा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाएको हो । 
लाई गाली गलौज गरिएका शव्दहरु हामी सबै नेपाली महिलाहरुका लागि अपाच्य छन् । यस्ता शव्दहरुलाई कानुनी प्रावधानले बन्देज गरेकाे छ सबैले पालना गराै, सुरक्षा र सभ्यताकाे विकास गराै र यस्ता कानून विपरित रहेर महिलाहरुकाे चरित्रहत्या गर्नेहरुलाई खवरदारी तथा कार्वाही गराै भन्ने जाेडदार माग गर्दै अनेमसंघद्वारा जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाएको बताइएको छ ।