जलुकेको मगरा कल्लेरीमा माघे संक्रान्तिको अवसरमा अन्तर जिल्ला वार्ड स्तरिय भलिबल प्रतियोगिता हुने

जलुकेको मगरा कल्लेरी
झनक के.सी / अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेको मगरा कल्लेरीमा नेपालीहरुको चाड माघे संक्रान्ति (मकर ) को शुभ अवसरमा अन्तर जिल्ला वार्ड स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ। 
भगवती माई युवा क्लब जलुकेले माघे संक्रान्तिको अवसरमा अन्तर जिल्ला वार्ड स्तरिय भलिबल प्रतियोगिता गर्ने भएको हो।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. २२,२२२ सहित कप, मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कारमा नगद रु. १३,३३३ सहित कप ,मेडल र प्रमाण पत्र , तृतीय पुरस्कार नगद रु. ७,७७७ सहित कप ,मेडल र प्रमाण पत्र र उत्कृष्ट खेलाडी एक जनालाई मेडल र प्रमाण पत्रकाे व्यवस्था रहेकाे आयाेजकले जनाएकाे छ ।
साथै आयाेजकले खेलका नियम समेत उल्लेख गरेकाे छ । जसमा दर्ता शुल्क २५००, खेलाडी टिम आधिकारिक खेलाडी सहित ८ जना हुनुपर्ने, खेलाडीले खाने बस्ने व्यवस्था आफै गर्नुपर्ने, टिम दर्ता २०७७ साल पौष २९ गते बिहान ९ बजे सम्म गरि सक्नुपर्ने, टिम दर्ता फोन बाट पनि गर्न सकिनेछ, खेलमा कुनै आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने बताएकाे छ ।
प्रतियोगिता यहि पौष २९ गते बिहान १० बजे देखि शुरु हुने आयाेजकले बताएकाे छ ।
प्रतियोगिताका बारेमा कुनै पनि जानकारी लागी अध्यक्ष एलजी मगर – ९८५७० ४४५५७, खेल संयोजक बिक्रम घर्ति मगर – ९८६७ ५०७७ ८३ र स-संयोजक विवस गरौंजा – ९८६२ २४१७ ४९८ लाई सम्पर्क गर्न सकिने बताइएको छ ।

अन्य समाचारहरु