सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतद्धारा नगरमा सहज सेवा र सरसफाई प्रबर्द्धन जोड

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिकालाई शून्य बेरुजु शुसासन मैत्री प्रशासन सामाजिक उत्तरदायित्व सरल सरकार सहज सेवा सरसफाई प्रबर्द्धनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न शुरु गरेपछि सेवाग्राहीहरु खुशी भएका छन् । 
सापकोटा सन्धिखर्क नगरपालिकामा हाजिर भएपछि नगरपालिका भित्रको दैनिक प्रशासन तुरुस्त दुरुस्त गराउनुको साथै नगरपालिका भित्र धेरै सुधारका कामहरु भएको स्पष्ट देख्न सकिन्छ । नगरपालिका भित्र अहिले हरियाली प्रबर्द्धन सरसफाइलाई पहिलो प्राथमिकतामा राखिएको छ ।  भने प्रत्येक शनिबार विभिन्न टोल बिकास संस्थाहरु मार्फत सरसफाईलाई निरन्तरता दिएको छ । यस  अघि टोल बिकास संस्थाहरु निष्क्रिय बनेका थिए अहिले टोल बिकास संस्थाहरु निकै क्रियासिल छन् । 
नगरपालिकालाई भष्टचार मुक्त बनाउने मुस्कान सहितको  सेवा दिने र नगरपालिका भित्रको दैनिक प्रशासन निकै सुधारिएको नगरपालिकामा बिगतका बर्षहरु भन्दा राजस्व दोब्बर बनाउन सापकोटा सफल बनी सकेका छन् ।  दैनिक कार्यालयको काममा खटिने सापकोटा नगरपालिका भित्र हुने फोहोरलाई ब्यबस्थापन गरेर नगरपालिकालाई हराभरा बनाउने अभियानमा खटिएका छन् । 
जनप्रतिनिधिहरु नभएको बेलामा पनि नगरपालिका घोषणा भएपछि कार्यालय प्रमुख बनेका सापकोटा सन्धिखर्क नगरपालिकाको बिकासको जग हाल्ने ब्यक्ति हुन कार्यालय प्रमुख सापकोटाले भष्टचार मुक्त बनाउनका लागि अगाडि बढिरहेका छन् ।  नगरपालिका भित्र धेरै बिकासका कामहरुलाई निरन्तरता दिदै अनुगमन निरिक्षण लाई सापकोटाले तिब्रता दिएका छन् । 
नगरपालिकाका गतिविधिहरुलाई पारदर्शी बनाउनका लागि नगरपालिकाबाट त्रैमासिक पत्रिका प्रकासन गर्ने सार्बजनिक सुनुवाइ गर्ने नगरपालिका भित्रका सबै गतिविधिहरु सार्बजनिक गर्ने सापकोटाका महत्त्वपूर्ण काम हुन् । 
सन्धिखर्क नगरपालिका बिकासमा अब्बल छ नगरपालिकालाई हराभरा बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको सापकोटा बताउछन्, सन्धिखर्क नगरपालिकामा दर्जनौं बिकास निर्माणका कामहरु सम्पन्न भएका छन् । भने दर्जनौं योजना निर्माणाधिन छन् ।

अन्य समाचारहरु