अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ पालिकामा नेपाली कांग्रेस अर्घाखाँचीले बिरोध सभा गर्ने भएको छ ।
जिल्लाका सन्धिखर्क नगरपालिकाको नरपानी र किमडाँडामा पुष २५ गते, यस्तै माघ ३ गते शितगंगा नगरपालिकाको ठाडा, भूमिकास्थान नगरपालिकाको नुवाकोटको पोखेडाँडा, सन्धिखर्क नगरपालिकाको सन्धिखर्क, मालारानीको खनदह, पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा र छत्रदेव गाउँपालिकाको छत्रगन्जमा नेपाली कांग्रेस अर्घाखाँचीले बिरोध सभा गर्ने भएको हो ।
यस्तै कांग्रेस अर्घाखाँचीका सभापती बिष्णु मुस्कानले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार जिल्लाका ६१ वटा वार्डमा माघ ८ गते बिहीवार जनप्रदर्शन सहितको बिरोध सभा गर्ने तयारी गरेको छ ।
लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि नेपाली कांग्रेस अर्घाखाँचीले जनप्रदर्शन सहितको बिरोध सभा आयोजना गरिएको बताइएको छ ।