अर्घाखाँचीमा जनचेतना सरोकार मन्चको अध्यक्षमा लेखनाथ भुसाल निर्वाचित

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जनचेतना सरोकार मन्च अर्घाखाँचीको साधारण सभा लेखनाथ भुसाललाई अध्यक्षमा  निर्वाचित गर्दै सम्पन्न भएको छ । 
सन्धिखर्कमा गैरसरकारी संस्था जनचेतना सरोकार मन्च अर्घाखाँचीको अधिबेशन लेखनाथ भुसाललाई अध्यक्षमा  निर्वाचित गर्दै सम्पन्न भएको हो । 
भुसालले २४ मतदाता संख्यामा २० मत प्राप्त गरि अत्याधिक मतका साथ अध्यक्षमा  निर्वाचित हुनु भएको हो । उहाँको प्रत्यासी सुमित्रा मुखिया हुनुहुन्थ्यो उहाँ उपाध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो  । 
साधरण सभाबाट उपाध्यक्षमा मिना नेपाल ,महासचिवमा झबिन सुनाम ,सचीवमा लालबहादुर सुनार , सदस्यमा माधबी साह र अयाफ दिनवलि निरबिरोध निर्वाचित हुनु भएको छ । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा हरिकृष्ण गौतम , सदस्यहरुमा टेकराज गौतम , लक्ष्मी गौतम , पदम भुसाल र पदम चुदाली चयन हुनु भएको छ ।