अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको लाहापेमा प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलुके कमिटीले विस्तारित बैठक आयोजना गरेको छ ।
शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको लाहापेमा प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलुके कमिटीले शनिबार विस्तारित बैठक आयोजना गरेको हो ।
कार्यक्रममा नेकपा का केन्द्रिय कमिटी सदस्य तथा प्रदेश सभा सदस्य बसन्त घर्ती को प्रमुख आतिथ्यता मा सम्पन्न बिस्तारित बैठक मा प्रदेश कमिटी सदस्य भक्त बहादुर पुन जलन प्रदेश प्रदेश कमिटी सदस्य तथा इन्चार्ज बिष्णु गैरे बिबेक सितगङा नगरपालिका का उपमेहर टीका रेश्मी जिल्ला सदस्य पिताम्बर सारु नगरकमिटी सचिब मणि अधिकारी जिल्ला सदस्य बिशाल खड्का वडा न.८ का वडा अध्यक्ष रुकेश आले कार्यपालिका कार्यलय सदस्य बिष्णु परियार गोकुल नारायण बेल्बासे लगायत को उपस्थिति रहेको थियो।
दलजित सुनार को अध्यक्षतामा शुरु कार्यक्रम को संचालन जस बहादुर रोकाय ले गरेका थिए भने ।
बैठक ले प्रधानमन्त्री केपि शर्मा ओलि ले असंबैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेको मा खेद प्रस्ताव पारित गर्दै असंबैधानीक कदम को विरुद्ध पार्टी केन्द्र ले तय गरेको आन्दोलनमा एक्यवद्धता जाहेर गर्दै प्रतिगमन को विरुद्ध जस्तो सुकै आन्दोलन को लागि तयार रहने लगायत का निर्णयहरु गरेको वडा कमिटी का अध्यक्ष उदम बहादुर थापाले बताएका छन।