सचिन बोहोरा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा रहेको श्री बराह बचत तथा ऋण सहकारी सस्था लि. को १८ औं साधारणसभा तथा ९ औ अधिबेशन सम्पन्न भएको छ ।
श्री बराह बचत तथा ऋण सहकारी सस्था लि. को १८ औं साधारणसभा तथा ९ औ अधिबेशन ठाडामा शनिबार सप्पन्न भएको छ ।
संस्थामा कुल १ करोड ५६ लाख ७६ हजार २ सय १६ को आय ब्यय बिबरण सहित लेखा परिक्षण प्रतिबेदन सस्थाकी ब्यबस्थापक धना अधिकारिले प्रस्तुत गर्नुभएको थियो।
संस्थाले देबिकला बोहोरा , दमन्ता नेपाली र यमलाल पौडेक लाई असम बचत कर्ताको रुममा सम्मान गरेको थियो ।
२०५८ साल मा २५ जना सेयर सदस्य बाट सुरु भएको सस्था अहिले ४७७ जना रहेका छन । कार्यक्रम अध्यक्ष मधु अधिकारिको अध्यक्षयता र जेष्ठ सदस्य दण्डपानी बेल्बासेको प्रमुख आतिथ्य र सचिब कृष्ण अधिकारी को संचालन मा सप्पन्न भएको थियो । साधारण सभा ले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । जसमा अध्यक्ष : मधु अधिकारी उपाध्यक्ष : सरिता रास्कोटी ल काेषाधक्ष्य : पोमा पौडेल सचिब : कृष्ण अधिकारी सदस्य : सचिन बोहोरा सदस्य : तुल्सिराम पौडेल सदस्य : सरस्वती सारु सदस्य : भारती क्षेत्री सदस्य : भुवानन्द भुसाल सदस्य : रमेश बेल्वासे सदस्य : यमलाल पौडेल रहेका छन् ।