अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ६ नरपानीमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नरपानी कमिटीले विस्तारित बैठक आयोजना गरेको छ ।
नरपानीमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नरपानी कमिटीले शनिबार विस्तारित बैठक आयोजना गरेको छ ।
विस्तारित बैठक कमिटीका अध्यक्ष श्रीधर महत्राको अध्यक्षतामा बसेको थियो ।
बैठकले हालको राजनितिक अवस्थालाइ मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओलीले नेतृत्व गरेको मुल प्रवाहमा समाहित हुन कमिटीका सम्पुर्ण पदाधीकारी तथा सदस्यहरु नेताहरुले एक्यबद्द्ता जाहेर गर्दै समावेश हुने र पार्टी र संगठनको कामलाई जिल्ला पार्टीसंग समन्वय गरी अगाडी बढाउने निर्णय गरेको छ । साथै वडामा गर्नुपर्ने विकास निर्माणका समस्याहरुलाइ पनि वैठकमा निर्णय गरि समाधानको लागी जिल्ला पार्टीको नेतृत्वलाइ अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै प्रशिक्षण कार्यक्रममा सबै टोलका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो ।