नरपानीमा कांग्रेस अर्घाखाँचीको बिरोध सभा सम्पन्न (फोटो सहित)

कमला पोख्रेल
नरपानी, अर्घाखाँची २५ पुस । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसालले  देशमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रनै समाप्त पर्ने खेलमा बर्तमान कम्युनिष्ट सरकार लागेपछि कांग्रेस आन्दोलनमा उत्रनु परेको बताउनु भयो ।
 उहाँले जनताको बलीदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्न सरकार बिरुद्ध कांग्रेस सडकमा आएको बताउनु भयो । 
बर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको बताउनु भयो । युवाहरुलाई रोजगार दिने कुरा तर्फ नलागी कमिसनको खेलमा यो सरकार लागि रहेको बताउनु भयो । 
नेपाली कांग्रेस अर्घाखाँची प्रदेश निर्बाचन क्षेत्र नम्वर २ ले नरपानीमा  गरेको बिरोध प्रदर्शनमा बोल्दै नेतृ भुसालले  बर्तमान सरकारले गणतनत्र माथीनै अंकुश लगाउन खोजेको आरोप लगाउनु भएको छ । 
केपी ओली सरकारलाई युवाहरु सडकमा भौतारिएको, महिलाहरु हिंसाको शिकार भएको, मधेसी तथा मुस्लीम समुदायहरु आक्रान्त भएको युवाहरु बेरोजगार भएको खबर थाहै नपाए जस्तै गरेर बसेको बताउनु भयो । देशमा राजनितिक परिबर्तन भएपनि आर्थिक परिबर्तन गराउन बर्तमान सरकारले नसकेको बताउदै यसैका बिरुद्ध कांग्रेस आन्दोलनमा उत्रनु परेको बताउनु भयो । 
नरपानीमा भएको बिरोध सभामा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले प्रतिनिधि सभा पुनस्थापना हुनेमा आफुहरु ढुक्क रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पाटीक नेताहरुले जनताकोले दिएको मतको समेत अपहेलना गरेको बताउनु भयो । 
कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले संबिधानको रक्षा गर्न कांग्रेस आन्दोलनमा उत्रिएको बताउनु भयो । उहाँले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले जस्तो सुकै मुल्य चुकाउन पनि पछि नपर्ने उहाँको भनाई छ । 
कार्यक्रममा नेकपा परितयाग गरेका शितगंगा नगरपालिका ४,५,६ र ११ नम्वर वडाबाट ८७ जना नेपाली कांग्रेसमा प्रबेस गरेका छन् र उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसाल, जिल्ला सभापति बिष्णु मुस्कान, पुर्ब सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय ृपसभापति अच्युत गौतम लगाययतले टिका, खादा र साधारण सदस्य प्रदान गरेर पार्टीमा प्रबेश गराउनु भएको नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधव प्रसाद पौडेलले बताउनु भयो । 
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, सह सचिव इन्सु मिया, महासमिति सदस्य तथा शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, महासमिति सदस्य यादव प्रसाद घिमिरे, महाधिबेशन प्रतिनिधि अशोक श्रेष्ठ, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, माधव प्रसाद पौडेल, मणिराम पौडेल, स्थानीय पालिकाका कांग्रेस सभापतिहरु खिमकुमार श्रेष्ठ, मोती बेल्वासे, विष्णु प्रसाद अर्याल, महिला संघका सचिब छमा कार्की, वडा अध्यक्ष कृष्ण वहादुर आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रम नेपाली कांग्रेस क्षेत्रीय सभापति अचयुत गौतमको अध्यक्षता, उप सभापति पुस्करनाथ पोख्रेलको स्वागत मन्तब्य र सचिव कृष्णलाल पुरीको सञ्चालनमा सम्पन्न भएको कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका सचिव प्रेमनारायण आचार्यले बताउनु भएको छ ।
नरपानी र किमडाँडामा कांग्रेस अर्घाखाँचीको बिरोध सभा सम्पन्न (फोटो सहित)

नरपानी र किमडाँडामा कांग्रेस अर्घाखाँचीको बिरोध सभा सम्पन्न (फोटो सहित)

नरपानी र किमडाँडामा कांग्रेस अर्घाखाँचीको बिरोध सभा सम्पन्न (फोटो सहित)