ऊर्जामन्त्री टोपबहादुर रायमाझी हप्तौदेखि अर्घाखाँचीका गाउँ-गाउँमा

नबिन के.सी 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएपछि गृहजिल्ला अर्घाखाँची पुगेका टोपबहादुर रायमाझीलाई नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । उनले अन्य मन्त्रीले जस्तो विरोधको सामना गर्नु परेको छैन ।
 नेकपा ओली समूहको राम्रो प्रभाव रहेको अर्घाखाँचीमा मन्त्री रायमाझीको स्वागत गर्न मोटरसाइकल -याली निकालिएको थियो ।
उनी जिल्लाका ६ वटै स्थानीय तहमा पुगेका छन् । स्थानीय तहमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनको भव्य स्वागत गरिएको छ । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा भने उनले प्रधानमन्त्री ओलीको कदमको बचाउ गरेका छन् ।
त्यस्तै, प्रचण्ड र नेपालको भने चर्को आलोचना गर्दै आएका छन् । शनिबार प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उनले प्रचण्डको आलोचना गरे । प्रचण्डले नेतृत्व गरेको पार्टीमा पुस्ता हस्तान्तरण गर्ने नदेखेपछि केपी ओलीसँग सहकार्य गर्ने निर्णय गरेको उनको भनाइ थियो ।
‘केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिनँ, दोस्रो पुस्तालाई हस्तान्तरण गर्छु भनेर भन्न त भने, तर प्रचण्डले त्यो भन्ने आँटसमेत गरेनन्,’ मन्त्री रायमाझीले भने । उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर अग्रगामी कदम चालेको दाबी गरे ।
ठाडामा पुगेर ऊर्जा मन्त्री टोपबहादुरले भने प्रचण्ड–माधवले विदेशीको इसारामा पार्टी फुटाए