काठमाडौँमा पृथ्वीनारायण शाहको सम्मानमा उर्लियो जनलहर

काठमाडौँ – २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा नागरिकहरुको उत्साहजनक सहभागिता देखिएको छ।
यसका साथै देशका विभिन्न शहरमा पनि पृथ्वी नारायण शाहको सम्मानमा आयोजित कार्यक्रमहरुमा नागरिकहरुको उल्लासजनक सहभागिता देखिएको छ।
काठमाडौँको रत्नपार्कमा नागरिक तहबाट आयोजना गरिएको पृथ्वी जयन्ती कार्यक्रममा मानिसहरु नेपालको राष्ट्रिय झण्डासहित उपस्थित थिए।
प्राय सबैको हातमा पृथ्वी नारायण शाहको तस्बिर र शालिकमा माल्यार्पणका लागि फूल तथा मालाहरु देखिन्थे । उनीहरु मध्ये अधिकांशले ओमकार अंकित लुगा लगाएका थिए।
रत्नपार्कमा भएको कार्यक्रमपछि उनीहरु र्‍यालीसहित सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि पुगेका थिए।
तर प्रहरीले अघि बढ्न नदिएपछि केहीबेर त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । भिडलाई रोक्न प्रहरीले लाठीचार्ज गरेको थियो। देशसन्चारमा समाचार छ ।