अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल काठमाडौंको वि.पि. स्मृती अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या परी काठमाडौंको वि.पि. स्मृती अस्पतालमा भर्ना भएका छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल आज डिस्चार्ज भएका हुन् ।
पोख्रेल केही दिन अझै घरमा (होम आइसोलेशन) बसी आरम गर्ने छन् । पोख्रेललाई गत पौष २० गते सोमवार कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या परी काठमाडौंको वि.पि. स्मृती अस्पतालमा भर्ना भएका थिए । पोख्रेललाई भेट्न कांग्रेस नेता शेखर कोईरला लगायतका नेताहरु अस्पताल पुगेका थिए ।
यस्तै छत्रदेव गाउँपालिकामा कोरोना फैलिने त्रासले पालिका कार्यालय र यहाँका सबै वार्ड कार्यालय गत पौष २३ गतेदेखि बन्द गरिएको छ ।
छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलसहित ९ जना वार्ड जनप्रतिनिधी, कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि पालिकाका सम्पूर्ण वार्ड कार्यालयका सेवा एक हप्ताको लागि बन्द भएको हो ।